धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
चितवन, २१ चैत
सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरे अघि बढ्ने निर्णय गरेका हुन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तागठन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र गठन समेत गठन गर्ने निर्णय गरेको छ । जसको संयोजक कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय गरेको छ ।
गठबन्धन सहभागी दलहरूकाबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
त्यस्तै स्थानीय तह निर्वाचनका लागि केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।
साेमबारकाे बैठकमा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |