ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
काठमाडौं, १७ चैत
सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकप्रेरित सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले बिहीबार राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकालाई ७–० अन्तरले पराजित गरेको छ ।
चितवनको सारदानगरमा भएको खेलमा एपीएफलाई जिताउन सावित्राले ह्याट्रिक सहित चार गोल गरिन् । यस्तै अनिता केसी, सरु लिम्बू र अनिता बस्नेतले समान एक/एक गोल गरे ।
एपीएफकी अनिता केसीले २४औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । ४०औं मिनेटमा सरु लिम्बुले टोलीलाई २–० को स्थितीमा पुर्याइन् । खेलको ५२औं र ६६औं मिनेटमा साम्बाले गोल गर्दै एपीएफलाई ४–० को अग्रता दिलाइन् ।
खेलको ७४औं मिनेटमा अनिता बस्नेतले गोल गर्दा आर्मीले ५–० ले अघि बढ्यो । सावित्राले ८०औं ह्याट्रिक पुरा गरिन् भने ८१औं मिनेटमा व्यक्तिगत चौथो तथा टोलीको लागि सातौँ गोल गरिन् ।
लामो समयपछि खेलमा पुनरागमन गरेकी सावित्राले यस सिजनको महिला लिगमा पहिलो ह्याट्रिक गरेकी हुन् । गत संस्करणमा नेपाल पुलिसविरुद्ध खेल्ने क्रममा घुँडामा चोट लागेपछि उनी उपचार र आराममा व्यस्त थिइन् । सावित्राले गत संस्करणमा सात ह्याट्रिकसहित ३८ गोल गरेकी थिइन् ।
यो जितसँगै तीन खेलमा शतप्रतिशत नतिजा निकालेको एपीएफले नौ अंक बनाएको छ र शीर्षस्थानमा छ । समान खेल खेलेको वालिङ अंकविहीन छ ।
जारी दोस्रो खेलमा ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |