ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
काठमाडौं, १६ चैत
एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ ।
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच २२ चैतमा खेल हुनेछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।
ब्लु स्टार क्लब आज अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो । मछिन्द्र क्लबका प्रतिनिधिले ब्लु स्टार क्लबलाई स्वागत गरेका थिए ।
यता, मछिन्द्र क्लब लिगको सातौं चरणको खेलमा शीर्षस्थानमा रहदै एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न पहिलो पटक छनोट भएको थियो । यसअघि ७७ सालको लिग उपाधि जितेपछि मछिन्द्र एएफसी क्लब लाइसेन्स नहुँदा प्रतियोगिता खेल्न बंञ्चित भएको थियो ।
यो खेलको विजेताले दोस्रो चरणको खेलमा भारतको मोहन बगानको सामना गर्नेछ । यस खेलको विजेताले समूह चरणमा स्थान बनाउने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |