वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
काठमाडौं, १५ चैत
स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ । १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो ।
आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भइरहेको छ । त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चित प्रदेशको कैलालीमा परीक्षा केन्द्र तोकिएको छ । पहिलो चरणको लिखित परीक्षामा पास भएका उम्मेदवारलाई दोस्रो चरणमा विषयगत परीक्षामा सहभागी हुने मौका मिल्नेछ ।
१७ चैतमा निम्न माध्यमिक तहको र १९ गते प्राथमिक तह र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने आयोगले जनाएको छ ।
आयोगले प्राथमिक तहतर्फ १३ हजार ९३ स्थायी शिक्षकका लागि विज्ञापन आह्वान गरेको थियो । निमावितर्फ दुई हजार ५९८ र मावितर्फ एक हजार ५४७ स्थायी शिक्षकका लागि विज्ञापन आह्वान गरेको थियो ।
तीनै तहमा १७ हजार २३८ स्थायी शिक्षकका लागि आयोगले गत मंसिर र पुसमा विज्ञापन खोलेको थियो । पहिलो चरणको परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेका उम्मेदवार पास हुनेछन् । उनीहरूले दोस्रो चरणको वस्तुगततर्फको परीक्षामा सहभागी हुने मौका पाउनेछन् । आयोगले झन्डै पाँच वर्षपछि स्थायी शिक्षकका लागि विज्ञापन गरेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।