निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
काठमाडौं, १४ चैत

कप्तान सन्दीप लामिछानेको तीन विकेट प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६८ रन मात्र जोड्न सक्यो ।
पिएनजीका नोर्मान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्तै, सेसे बाउले ३०, चार्ल्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाए ।
पिएनजीविरुद्ध किफायती बलिङ गरेका सन्दीप र करण केसीले समान तीन विकेट लिए । सन्दीपले चार ओभर बलिङमा २२ रन खर्चिदा करणले ४४ रन खर्चिएका थिए । यसबाहेक अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।
लयमा देखिएका भानुआलाई १८.५ ओभरमा करणले पभेलियनकाे दिशा देखाएपछि नेपाल खेलमा फर्किएका थियो ।
यसै ओभरको अन्तिम बलमा सिमोन अटाईको विकेट लिएपछि नेपालले जिततर्फ अग्रसर भएको थियो ।
जितसँगै नेपालले ट्वान्टी २० शृंखलामा सुखद् सुरुआत गरेको छ । शृंखलामा नेपाल, पिएनजी र मलेसिया सहभागी छन् ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |