 तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह 
    
काठमाडौं, ११ चैत
युवा ब्याटर रोहित कुमार पौडेलको शतक प्रेरित नेपाल घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो खेलमा ६ रनले पराजित भएको छ ।
२९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २८६ रन बनाउन सक्यो । रोहितले १२६ रनको कीर्तिमानी शतकीय इनिङमा खेले पनि नेपाल जितबाट टाढा रह्यो ।
रोहितको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । यस्तै रोहित एकदिवसीयमा सर्वाधिक रन बनाउने पहिलो नेपाली खेलाडी बने ।
उनले १०७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए ।
नेपालका आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, सोमपाल कामी र कमल सिंह ऐरीले समान १८ रन बनाउँदा भिम शार्कीले १७ रन बनाए ।
पीएनजीका नोरमान भानुअले ३ विकेट लिए । यस्तै चार्ल्स अमिनी, असद भालाले समान २/२ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो ।
पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । यस्तै कप्तान असद भालाले ६० रनको योगदान गरे । ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१, नोरमान भानुअले ४७ रन बनाए ।
नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले समान १ विकेट हात पारे ।
अब, नेपालले पीएनजीविरुद्ध भोलि शनिबार नै दोस्रो खेल खेल्नेछ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी | 
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : | 
| ब्यबस्थापक : | .... | 
| कानूनी सल्लाहकार : | ..... | 
| बजार ब्यबस्थापक : | ..... |