Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

पल शाहलाई थुनामा पठाउने आदेश दिँदा जे देखियो…

नीलकण्ठ एफ.एम १६६५ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ११, शुक्रबार (४ साल अघि)
पल शाहलाई थुनामा पठाउने आदेश दिँदा जे देखियो…

तनहुँ, ११ चैत

बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने तयारी चल्दै थियो ।

बिहीबार बहस सकिएर आदेश जारी हुने खबर सार्वजनिक भएसँगै जिल्ला अदालत तनहुँ परिसरको बाहिरपट्टि दिउँसैदेखी भिड जम्मा भएको थियो । थुनछेक आदेश जारी गर्ने भएकाले सुरक्षा व्यवस्था पनि कडा देखिन्थ्यो । सञ्चारकर्मीलाई पनि अदालतमा प्रवेश गर्नबाट सुरक्षाकर्मीले रोकिरहेका थिए । बन्द इजालसमा प्रवेश गर्न नपाए पनि अदालतको प्रवेशद्धारबाट प्रवेश पाएका सञ्चारकर्मी बाहिरै भए ।

अदालत बाहिर रहेका धेरैको ध्यान के आदेश हुन्छ भन्नेमा थियो । अदालत बाहिर रहेको भिडमा केही तनहुँका मिडियाकर्मी र केही युट्युबर थिए । जम्मा भएको भिडमा अधिकांश थिए पलका फ्यानहरू ।

बहस सकाएर अदालत भित्रपट्टि थुनछेक आदेश तयार हँुदै गर्दा बाहिर बेला बेलामा चर्को नारा लाग्थ्यो, ‘पल शाह जिन्दावाद’, ‘पल शाहलाई रिहा गर’ । नारा लगाउनेमा पलका महिला फ्यान धेरै थिए । नाराबाजी भएसँगै अदालत बाहिर सुरक्षामा खटिएका सुरक्षाकर्मीले चुपचाप रहन निर्देशन दिन्थे । केहीबेर सुरक्षाकर्मीको चेतावनीसँगै ‘पल शाह जिन्दवाद‘को नारा रोकिन्थ्यो । केही बेरमा भिडबाट फेरि नारा लाग्थ्यो । एकाध पटक प्रहरीले त्यहाँको भिडलाई तितरवितर पार्ने प्रयास पनि नगरेको हैन । तर, भिड फेरि जम्मा भइहाल्ने ।

साँझ ७ बजेर ५ मिनेट जाँदा अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेपछि नेपाल प्रहरीको भ्यानमा राखेर जिल्ला कारागारतर्फ हुइँक्याइयो ।

नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा हिरासतमा रहेका नायक पूर्णविक्रम शाह भनिने पल शाहलाई पुर्पक्षाका लागि थुनामा राख्ने आदेश जारी भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुवँरले जानकारी दिए । उनका अनुसार न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालसमा भएको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको हो । अब उनले अन्तिम टुंगो नलाग्दासम्म कारागारबाटै मुद्दा लड्नेछन्  ।

पलका म्यानेर कृष्णप्रसाद जोशी धरौटीमा रिहा भएको स्रेस्तेदार कुवँरले जानकारी दिए । ‘अर्का प्रतिवादी कृष्णप्रसाद जोशीलाई एक लाख रुपैयाँ धरौटीमा तारेखमा रिहा गरिएको छ’, थुनछेक आदेशबारे जानकारी दिँदै उनले भने ।

जिल्ला अदालतको आदेशमा चित्त नबुझे प्रतिवादी शाहले उच्च अदालत पोखरामा निवेदन दिन सक्ने कुवँर बताउँछन् । मुद्दाको फैसला आउनलाई कम्तिमा ६ महिना समय लाग्ने उनले बताए ।

जाहेरवालाको तर्फबाट जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा, सहन्यायाधीवक्ता विपीनराज तिवारीसँगै अधिवक्ता एकनारायण गौतम, मोहोना अन्सारी, शिवराज काफ्ले, किशोर सापकोटा, राधिका खतिवडा, विमलप्रसाद लामिछाने र सरिता तिवारीले थुनछेक बहस गरेका हुन् ।

प्रतिवादीका तर्फबाट बरिष्ठ अधिवक्ता लव मैनाली, कमलामोहन वाग्ले, यदुनाथ खनालसँगै अधिवक्ता परशुराम गिरी, जगदिशचन्द्र पाण्डे, यज्ञबहादुर राना, भानुभक्त सुवेदी, गोकुल भण्डारी, सरिता थापा भण्डारी, माधव घिमिरे, रामचन्द्र गौतम (आरसी) र विपीन सुवेदीले बहस गरे ।

नेपाली सांगीतिक क्षेत्रमा उदयमान गायिकालाई  सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । अन्तिम पटक शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राती १२ बजेतिर ति बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ ।

पलले बयानमा वियर खानलाई ति बालिकाको कोठामा प्रवेश गरेको स्वीकार गरेको अदालतले सार्वजनिक गरेको आदेशमा भनिएको छ । आदेशमा लेखिएको छ, ‘एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुकोे कुनै पनि औचित्य प्रतिवादीले देखाउन सकेको पाइएन । यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राति निजले पीडितलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो ।’

पललाई थुनामा पठाउनलाई उनले दिएको बयान आधार भएको छ । उनले प्रिगनेन्टवाला अडियोमा पनि आफैँले बोलेको स्वीकारेका छन् । अदालतको आदेशमा लेखिएको छ, ‘पीडित पक्षले पेस गरेको अडियो रेकर्डमा भएको स्वरमध्ये गर्लफ्रेन्ड तथा ब्याइफ्रेन्ड बीच हुनु भनेको नर्मल हो भन्ने शब्दहरू मैले बोलेको हुँ भनि बताएको देखिन्छ ।’  अदालतले यो मुद्दा विचाराधीन भएकाले पीडित र प्रतिवादीको परिवार उपर अर्मादित र अश्लील टिकाटिप्पणी गर्नलाई बन्देज लगाएको छ ।

बालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दर्ता गराएको चार दिनमा पलले तनहुँ प्रहरीसमक्ष १५ फागुनमा आत्मासर्पण गरेका थिए । गत सोमबार प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दैै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो ।  मुद्दा दर्ता भएपछि मंगलबार अदालतले पलको बयान लियो । बुधबार जोशीको बयान सकिएपछि थुनछेक बहस सुरु भएकोमा बिहीबार आदेश जारी भएको हो ।

तनहुँ अदालतको आदेशविरुद्ध शाह उच्च अदालत पोखरा जाने तयारी गरेका छन् । नवलपुर जिल्ला अदालतमा पनि गएको बिहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गर्दै अभियोग पत्रदायर भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0