नीलकण्ठ एफ.एम.
0:00
Live on 98.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ मंसिर २, बुधबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
  • नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
  • धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
  • पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
  • पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्‍यो यस्ता ४ निर्णय पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्‍यो यस्ता ४ निर्णय
  • प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
मनोरन्जन
धादिङ

पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

दुई झरना, पुस्तौँदेखि सुनिँदै आएको जनविश्वास र मौलिक संस्कृतिसँग जोडिएको उत्तरी धादिङको धार्मिक गन्तव्यमा यस वर्ष यहि मंसिर ३ र ४ गते मेला लाग्दै छ ।
रासस
  • २०८३ मंसिर २, बुधबार
  • ५८ मिनेट अघि
  • १२ मिनेट पढाइ
  • १०९३ पटक पढिएको
पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

दीपा लम्साल/ धादिङ, २ मङ्सिरः पहराबाट खसिरहने दुई जलधाराको आवाजमा भजन र बाजाको धुन मिसिन्छ । परम्परागत भेषभूषामा सजिएका झाँक्री नाच्छन् । भक्तजन रातभर जाग्राम बस्छन् र उज्यालो भएपछि स्नान तथा पूजाआजामा जुट्छन् । गङ्गाजमुना मेलामा वर्षौँदेखि दोहोरिँदै आएको यो दृश्यमा प्रकृतिको सौन्दर्यसँगै मानिसका विश्वास, मनोकामना र सांस्कृतिक स्मृति भेटिन्छ ।

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फूलखर्कस्थित ढाँडखर्कको पहरा यसवर्ष पनि त्यही चहलपहलको प्रतिक्षाछ । यहाँ यही मङ्सिर ३ र ४ गते गङ्गाजमुना माई मेला आयोजना हुँदैछ । यसवर्ष हरिबोधिनी एकादशी मङ्सिर ४ गते परेको छ । एकादशीको अघिल्लो रात जाग्राम बस्ने र भोलिपल्ट बिहान स्नान तथा दर्शन गर्ने परम्पराले मेला दुई दिनलाई जोड्छ ।

गङ्गाजमुना क्षेत्र विकास कोष र गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाका अनुसार मङ्सिर ३ गते बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सांस्कृतिक झाँकी र कलाकारका प्रस्तुतिसँगै धार्मिक अनुष्ठान चल्ने मेलामा दर्शनार्थीले स्थानीय जीवन र परम्परा नजिकबाट बुझ्ने अवसर पनि पाउनेछन् ।

दुई दिदीबहिनीको कथा
गङ्गाजमुनाको पहरासँग दुई दिदीबहिनीको कथा गाँसिएको छ । स्थानीय समुदायमा प्रचलित किम्बदन्तीअनुसार गङ्गा र जमुना नामका दिदीबहिनी हराएपछि परिवारजन उनीहरूलाई खोज्दै पहराको गुफासम्म पुगे । गुफाभित्रबाट दिदीबहिनीले आफूहरू सुरक्षित रहेको जनाउँदै त्यहीँ पूजाआजा गर्न आग्रह गरे । उनीहरूकै सम्झनामा गङ्गाजमुना माईको पूजा र मेला सुरु भएको जनविश्वास छ ।

पुस्तौँदेखि सुनाइँदै आएको यस कथाले झरनालाई मानिसको आस्थासँग जोडेको छ । पहरामा झर्ने पानीसँगै गङ्गा र जमुनाको सम्झना पनि स्थानीय जनजीवनमा बगिरहेजस्तो लाग्छ । झरनामा स्नान गर्ने, पहरामा रहेको मन्दिरमा महादेवको पूजा गर्ने, फूलको डोली चढाउने र बत्ती बाल्ने चलनमा त्यही परम्पराको निरन्तरता भेटिन्छ ।

गाउँपालिकाको नाम यही धार्मिकस्थलबाट राखिएकाले गङ्गाजमुना स्थानीय भूगोल र सामूहिक पहिचानमा पनि जोडिएको छ । झरनानजिकैको ‘कुकुरधारा’मा स्नान गर्ने परम्परा पनि छ । त्यहाँ नुहाउँदा जनावरले टोकेको दोष निवारण हुने धार्मिक जनविश्वास रहिआएको छ । यस्ता विश्वासले यहाँका फरक जलधारा र पूजास्थललाई भक्तजनका आ–आफ्ना मनोकामनासँग जोडेका छन् ।

जाग्रामको रात, संस्कृतिको लय
एकादशीको अघिल्लो रात गङ्गाजमुना परिसरमा धार्मिक अनुष्ठान र सांस्कृतिक प्रस्तुति सँगसँगै चल्छन् । भाकल बुझाउन आएका भक्तजनको जाग्राम, झाँक्रीको नाच र भजनको लयले मेलालाई विशिष्ट स्वरूप दिन्छ । बिहानको स्नान र दर्शनमा पुगेर रातभरको धार्मिक यात्राले पूर्णता पाउँछ । स्थानीय शिक्षक कृष्णबहादुर राना भन्नुहुन्छ, “झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ ।” दर्शन तथा भाकल बुझाउन आउनेले आ–आफ्नो भेषभूषामा कला प्रस्तुत गर्ने गरेको उहाँ सुनाउनुहुन्छ । झाँक्रीको पहिरन, नृत्यको चाल र भजनमा समुदायको आफ्नै सांस्कृतिक स्मृति झल्किन्छ ।

यसवर्ष गाउँपालिकाका विभिन्न वडाबाट तामाङ सेलो, लामा नाच, मारुनी, घाँटु, कौरा, चौँरी–घोडे, लाखे र टाकटुकेलगायत प्रस्तुति समावेश गरिएको आयोजकले जनाएको छ । गायिका मनमाया वाइबा, शान्तारानी परियार र निर्जला गुरुङ तथा गायक सागर बिसी र सरोज सिम्खडालगायत कलाकारले पनि प्रस्तुति दिनेछन् । मौलिक नाच र समकालीन गीतसङ्गीतले फरक पुस्ताका रुचिलाई एउटै मेलामा समेट्नेछन् ।

उकालो बिर्साउने गन्तव्य
गङ्गाजमुना पुग्ने यात्रा दर्शनार्थीका लागि आ–आफ्नै अनुभूति लिएर आउँछ । धादिङसहित रसुवा, नुवाकोट, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की र काठमाडौँलगायत जिल्लाबाट मानिस यहाँ आउने गरेका छन् । कोही भाकल बुझाउन आउँछन्, कोही दर्शन गर्न । कसैलाई भने झरनाको सौन्दर्य र मेलाको सांस्कृतिक वातावरणले तान्छ । हरेक वर्ष मेला अवलोकन गर्दै आउनुभएका स्थानीय दीपक अधिकारीका अनुसार उकालो यात्रामा देखिने पहाडी दृश्य र झरनाले मन प्रसन्न बनाउँछ । गन्तव्यमा पुगेपछि बाटोको कठिनाइ बिर्सिने अनुभव उहाँको छ ।

यात्राको थकान र गन्तव्यमा पुग्दाको सन्तोषबीचको यही सम्बन्धले पनि गङ्गाजमुनाको आकर्षण बुझाउँछ । एकपटक आएका दर्शनार्थीले सकुन्जेल फेरि दर्शन गर्न आउने इच्छा व्यक्त गर्ने गरेको अधिकारी सुनाउनुहुन्छ । मनोकामना पूरा हुने विश्वासले पनि उनीहरूलाई मेलासम्म ल्याउने गरेको उहाँको भनाइ छ । यात्रुको मनमा बोकेका अपेक्षा फरक छन्, तर पुग्ने पहरा एउटै छ । झरनाको दृश्य, रातको सांस्कृतिक चहलपहल र बिहानको दर्शनले उनीहरूलाई फेरि फर्कन मन लाग्ने सम्झना दिन्छन् ।

मेलादेखि वर्षभरको पर्यटनसम्म
गङ्गाजमुनाको पर्यटकीय सम्भावना झरना र मन्दिरसँगै वरपरका बस्ती, स्थानीय खानपान र सांस्कृतिक जीवनमा फैलिएको छ । आगन्तुकको बसाइ यी पक्षसँग जोडिनसके मेलाबाहिर पनि भ्रमणका अवसर विस्तार हुन सक्छन् । स्थानीय उत्पादन, परिकार र साना व्यवसायले त्यसबाट लाभ लिनसक्ने सम्भावना छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर लामा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध रूपमा काम भइरहेको बताउनुहुन्छ । उपाध्यक्ष रामेश्वर सिंखडाले गङ्गाजमुना माई र मेलालाई पालिका तथा जिल्लाको साझा सम्पदाका रूपमा लिँदै संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार जुटिरहेको बताउनुभएको छ । मेलाको अवसरमा गाउँपालिकाले यही मङ्सिर ३ र ४ गते सार्वजनिक बिदा दिएको छ ।

यसवर्ष मेलाको तयारीमा सडक तथा पदमार्गको सहजता, सुरक्षित स्नानस्थल, खानेपानी, शौचालय र सरसफाइका विषय समेटिएका छन् । यी व्यवस्थाको प्रभावकारिता वृद्धवृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिको यात्रासँग पनि जोडिन्छ । धार्मिक स्थलसम्म पुग्न र त्यहाँ समय बिताउन सहज हुँदा आगन्तुकले यहाँको प्रकृति तथा संस्कृतिसँग थप नजिकिने अवसर पाउँछन् । पर्यटनको निरन्तरताका लागि झरना र धार्मिकस्थलको संरक्षणसँगै परम्परागत कला प्रस्तुत गर्ने समुदायको सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । स्थानीयवासीले आफ्नो संस्कृति जोगाउँदै त्यसबाट आर्थिक अवसर पाउनसके मेलासँग जोडिएको उत्साह वर्षभरिका गतिविधिमा विस्तार हुनसक्छ । त्यसमा प्राकृतिक वातावरण र मौलिकता जोगाउने पक्ष पनि सँगै जोडिन्छ ।

एकादशीको बिहान स्नान र दर्शन सकेर भक्तजन फर्कन्छन् । बाजाको धुन र मानिसको चहलपहल थामिन्छ; पहराबाट झर्ने जलधाराको आवाज भने रहिरहन्छ । फर्कनेका मनमा फेरि आउने चाहना बाँकी रहन्छ । त्यही चाहना र पुस्तौँदेखि सुनिँदै आएको दिदीबहिनीको कथाले गङ्गाजमुनाको पहरामा अर्को मेलाको प्रतीक्षा जीवित राख्ने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरन्जन सम्बन्धित थप
धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित अर्थ

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

१९ घण्टा अघि
धादिङमा फरार दुई प्रतिवादी पक्राउ अपराध

धादिङमा फरार दुई प्रतिवादी पक्राउ

२० घण्टा अघि
भोटेकोशी बाढीबाट प्रभावितलाई फाइबर सिरक र न्यानो कपडा वितरण मुख्य समाचार

भोटेकोशी बाढीबाट प्रभावितलाई फाइबर सिरक र न्यानो कपडा वितरण

२२ घण्टा अघि
तारुका कालिका मन्दिरमा मंसिर ४ गते एकादशी मेला तथा न्वागी कार्यक्रम हुने मुख्य समाचार

तारुका कालिका मन्दिरमा मंसिर ४ गते एकादशी मेला तथा न्वागी कार्यक्रम हुने

१ दिन अघि
धादिङमा पाँच क्लवको पदस्थापना,लायन्स क्लब धादिङ समाजको चार्टर मुख्य समाचार

धादिङमा पाँच क्लवको पदस्थापना,लायन्स क्लब धादिङ समाजको चार्टर

३ दिन अघि
शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित मुख्य समाचार

शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित

१ हफ्ता अघि
पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द मुख्य समाचार

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

२ हफ्ता अघि
शंखादेवी माविको छात्रावासलाई रु एक लाख ७५ हजारको स्टिल लकर सहयोग मुख्य समाचार

शंखादेवी माविको छात्रावासलाई रु एक लाख ७५ हजारको स्टिल लकर सहयोग

२ हफ्ता अघि
एड्भान्स एकेडेमीमा आजदेखि खेलकुद सप्ताह सुरु मुख्य समाचार

एड्भान्स एकेडेमीमा आजदेखि खेलकुद सप्ताह सुरु

२ हफ्ता अघि
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु मुख्य समाचार

प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु

२ हफ्ता अघि
पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने मुख्य समाचार

पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

२ हफ्ता अघि
बेनीघाट रोराङमा मङ्सिर १० देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै मुख्य समाचार

बेनीघाट रोराङमा मङ्सिर १० देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

२ हफ्ता अघि
समाचार
पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

धादिङमा फरार दुई प्रतिवादी पक्राउ

धादिङमा फरार दुई प्रतिवादी पक्राउ

भोटेकोशी बाढीबाट प्रभावितलाई फाइबर सिरक र न्यानो कपडा वितरण

भोटेकोशी बाढीबाट प्रभावितलाई फाइबर सिरक र न्यानो कपडा वितरण

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0