नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड
धादिङ,१ मंसिर
धादिङमा भोटेकोशी बाढीबाट प्रभावित तथा परिवारका सदस्य गुमाएका नागरिकलाई जाडोबाट जोगाउन फाइबर सिरक र न्यानो कपडा वितरण गरिएको छ ।बाढी प्रभावितलाई लक्षित गरी नीलकण्ठ नगरपालिकाका ३३ जना, सिद्धलेक गाउँपालिकाका ५ जना र ज्वालामुखी गाउँपालिकाका २ जना गरी कुल ४० जनालाई फाइबर सिरक वितरण गरिएको हो ।
त्यसैगरी, नीलकण्ठ नगरपालिका–२ तिनघरेस्थित अन्नपूर्ण आधारभूत विद्यालयमा अध्ययनरत बाढी प्रभावित बालबालिकालाई सिरक तथा ज्याकेटसमेत वितरण गरिएको छ ।सहयोग पाउने बालबालिकामध्ये रविन सुनार कक्षा ५ मा अध्ययनरत १० वर्षीय बालक हुन् । उनले आमालाई गुमाएका छन्। त्यस्तै, कक्षा ५ मा अध्ययनरत १० वर्षीया दिपशिखा श्रीमल आमाको साथ नपाएपछि मामाघरकी हजुरआमासँग बस्दै आएकी छन्। कक्षा २ मा अध्ययनरत ७ वर्षीया अनुस्का सुनारका बुबा बाढीपछि बेपत्ता छन् भने आमा ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएकी छन् । परिवारमा खाद्यान्न अभावसमेत रहेको छ ।
काठमाडौंको बानेश्वर निवासी ८२ वर्षीय भरतप्रसाद शर्मा, विष्णु तिमल्सिना, भगवान न्यौपाने र अश्वि (यमुना) शर्माको सहयोगमा उक्त सामग्री वितरण गरिएको हो । दाताहरू र बाढी प्रभावित परिवारबीच समन्वय नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष तथा इन्सेक प्रतिनिधि सीताराम अधिकारीले गर्नुभएको थियो । बाढीका कारण परिवारका सदस्य गुमाएका तथा आर्थिक र पारिवारिक संकटमा परेका प्रभावित नागरिकले जाडो मौसममा न्यानो सिरक र कपडा पाएपछि खुसी व्यक्त गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत रमेश अधिकारी,नेपाल पत्रकार महासङ्घ धादिङका तर्फबाट सचिव सन्तोष श्रेष्ठ,दलित सेवा सङ्घ धादिङका श्याम मगराती, पत्रकार आकाश लम्सालको सहभागिता रहेको थियो । विपद्को पीडामा रहेका नागरिकलाई लक्षित गरी गरिएको यस मानवीय सहयोगले प्रभावित परिवारलाई जाडोबाट जोगिन केही राहत पुग्ने अपेक्षा गरिएको छ ।यस सहयोगले प्रभावित परिवारलाई कठिन परिस्थितिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।