वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
धादिङ,२८ असोज
धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२\०८३ मा सम्पन्न गरेका कार्यहरूको वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८३÷०८४ को श्रावण–असोज महिनासम्मको प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।नीलकण्ठ नगरपालिकाको कार्यालय धादिङबेँसीमा बुधबार आयोजित कार्यक्रममा गत आर्थिक वर्षमा नगरपालिकाबाट सञ्चालन गरिएका विभिन्न योजना, कार्यक्रम तथा सेवा प्रवाहको अवस्था र उपलब्धिको समीक्षा गरिएको हो। साथै, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भएका काम, कार्यान्वयनको अवस्था र आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा समेत छलफल गरिएको थियो।

नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वरिष्ठ प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले गत आर्थिक वर्षमा नगरपालिकाबाट सम्पादन भएका सम्पूर्ण कामहरूको प्रगति विवरण प्रस्तुत गर्दै समग्र कार्यसम्पादनको समीक्षा गर्नुभएको थियो। उहाँले विभिन्न शाखा तथा वडा कार्यालयमार्फत सञ्चालन गरिएका कार्यक्रम, योजनाको प्रगति र सेवा प्रवाहसम्बन्धी विवरण प्रस्तुत गर्दै नगरपालिकाका गतिविधिको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो।वार्षिक समीक्षा कार्यक्रमले गत आर्थिक वर्षमा निर्धारित लक्ष्यअनुसार भएका कामको मूल्याङ्कन गर्नुका साथै कार्यान्वयनमा देखिएका चुनौती, सुधार गर्नुपर्ने पक्ष र आगामी दिनमा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्ने अवसर प्रदान गरेको छ।

त्यसैगरी, चालु आर्थिक वर्ष २०८३/०८४ को श्रावणदेखि असोज महिनासम्मको प्रगति समीक्षामार्फत चालु योजनाको कार्यान्वयन अवस्था, शाखा तथा वडा कार्यालयबाट भएका काम र सेवा प्रवाहको अवस्थाबारे समीक्षा गरिएको थियो। स्थानीय तहबाट सञ्चालन हुने योजना तथा कार्यक्रमलाई समयमै सम्पन्न गर्ने, उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्ने र नागरिकलाई सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउने विषय समीक्षा कार्यक्रमका महत्त्वपूर्ण पक्षका रूपमा रहेका थिए।कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजाल, विभिन्न वडाका वडाध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू तथा वडा सचिवहरूको उपस्थिति रहेको थियो।नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागितामा सम्पन्न समीक्षा कार्यक्रमले स्थानीय सरकारको कार्यसम्पादनको मूल्याङ्कन, संस्थागत समन्वय र आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस्ता समीक्षा कार्यक्रमले विगतका कामबाट प्राप्त अनुभवका आधारमा आगामी योजना तथा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।