Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १३, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

प्रदेश प्रतिनिधिमा एरोनोटिकल इन्जिनियर मोतीराम इटनीको उम्मेदवारी

नीलकण्ठ एफ.एम १३७९ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १३, मंगलबार (१ घण्टा अघि)
प्रदेश प्रतिनिधिमा एरोनोटिकल इन्जिनियर मोतीराम इटनीको उम्मेदवारी

धादिङबेशी,१३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ ‘क’ बाट प्रदेश प्रतिनिधि (पेशागत विषयविज्ञ) पदमा एरोनोटिकल इन्जिनियर मोतीराम इटनीले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्तासँगै इटनीले क्षेत्रीय प्रतिनिधि, पालिका तथा वडा सभापति र पार्टीका नेता–कार्यकर्तासँग मत तथा सहयोगका लागि अपिल गरेका छन्। आफ्नो पेसागत ज्ञान, अनुभव र क्षमतालाई पार्टी संगठनको हितमा उपयोग गर्दै कांग्रेसलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन योगदान गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

पार्टीको नीति, सिद्धान्त र मूल्यमान्यतालाई आत्मसात् गर्दै प्रविधि, शिक्षा, रोजगारी, उद्यमशीलता, विपद् व्यवस्थापन तथा युवा सहभागिताका विषयलाई प्राथमिकताका साथ अघि बढाउने उनको भनाइ छ।

पेसाले एरोनोटिकल इन्जिनियर रहेका इटनीसँग विभिन्न एयरलाइन्स तथा उड्डयन क्षेत्रसँग सम्बन्धित संस्थामा काम गरेको अनुभव छ। विमान डिजाइन तथा उड्डयनको प्राविधिक क्षेत्रमा समेत अनुभव हासिल गरेका उनी पछिल्लो समय नेपालमा उड्डयन शिक्षालाई संस्थागत, व्यवस्थित र व्यावसायिक बनाउने अभियानमा सक्रिय छन्।

नेपालमा उड्डयन शिक्षाको पहुँच विस्तार गर्ने, विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणसँग जोड्ने तथा उड्डयनका विभिन्न विधालाई शैक्षिक संरचनाभित्र विकास गर्ने उद्देश्यसहित आफूले संस्थागत पहल गर्दै आएको उनले बताएका छन्। हाल उनी शैक्षिक तथा उड्डयन क्षेत्रमा सक्रिय छन्।

विद्यार्थी जीवनदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न इटनी विद्यार्थी राजनीति, सामाजिक सेवा र युवासँग सम्बन्धित विभिन्न अभियानमा सहभागी हुँदै आएका छन्। व्यावसायिक जीवनसँगै शिक्षा, प्रविधि, युवा सहभागिता र सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय रहँदै आएको उनको भनाइ छ।

उनले बदलिँदो समय र नयाँ पुस्ताको आवश्यकतालाई सम्बोधन गर्न राजनीतिक नेतृत्वमा नयाँ सोच, प्रविधिमैत्री कार्यशैली र परिणाममुखी दृष्टिकोण आवश्यक रहेको बताएका छन्।

इटनी विपद् व्यवस्थापन तथा खोज–उद्धारमा ड्रोन प्रविधिको प्रयोग विस्तार गर्ने अभियानमा समेत संलग्न छन्। उनका अनुसार रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा बाढी तथा अन्य विपद्का समयमा ड्रोन तथा थर्मल ड्रोन प्रयोग गरी सञ्चालन गरिएका खोज तथा उद्धार अभियानमा उनले प्राविधिक टोलीको नेतृत्व गरेका छन्।

कठिन भूगोल, सडक सम्पर्क विच्छेद भएका क्षेत्र तथा जोखिमपूर्ण स्थानमा खोज तथा उद्धार, अवस्थाबारे जानकारी सङ्कलन तथा राहत व्यवस्थापनमा ड्रोन प्रविधिको प्रयोग गरिएको उनले बताएका छन्। सडक सम्पर्क टुटेका गाउँमा राहत तथा खाद्य सामग्री पुर्‍याउने, फसेका व्यक्तिको खोजी गर्ने तथा कठिन भूगोलमा मानिसको अवस्था पत्ता लगाउने कार्यमा समेत प्रविधिको प्रयोग गरिएको उनको भनाइ छ।

ड्रोन प्रविधिलाई फोटो तथा भिडियो खिच्ने माध्यममा मात्र सीमित नराखी खोज तथा उद्धार, विपद् व्यवस्थापन, आपत्कालीन सेवा र मानवीय सहयोगमा प्रयोग गर्न सकिने सम्भावनालाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिएका छन्।

इटनीले समाज परिवर्तनका लागि राजनीतिक गतिविधिसँगै शिक्षा, प्रविधि, सीप, व्यवस्थित संस्थागत संरचना र नागरिक सहभागितालाई समान रूपमा अघि बढाउनुपर्ने बताएका छन्। आफ्नो व्यावसायिक ज्ञान र सामाजिक अनुभवलाई सार्वजनिक सेवासँग जोड्ने उद्देश्यसहित पार्टीको आन्तरिक निर्वाचनमा उम्मेदवारी दिएको उनको भनाइ छ।

प्रदेश प्रतिनिधिमा निर्वाचित भए प्रविधिमैत्री नीति निर्माण, उड्डयन शिक्षाको विकास, विपद् व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग तथा राजनीतिक प्रक्रियामा युवा सहभागिता विस्तारका विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै उनले कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरूसँग मत, विश्वास र सहयोगका लागि आग्रह गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा कांग्रेस क्षेत्रीय अधिवेशन : महाधिवेशन प्रतिनिधिमा रामेश्वर बुर्लाकोटीको उम्मेदवारी

    धादिङमा कांग्रेस क्षेत्रीय अधिवेशन : महाधिवेशन प्रतिनिधिमा रामेश्वर बुर्लाकोटीको उम्मेदवारी

  • मनोज थापाद्वारा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधि (खुल्ला) पदका लागि उम्मेदवारी

    मनोज थापाद्वारा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधि (खुल्ला) पदका लागि उम्मेदवारी

  • नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन: बागमती प्रदेश प्रतिनिधिमा युवा नेता ठाकुर गुरुङको उम्मेदवारी

    नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन: बागमती प्रदेश प्रतिनिधिमा युवा नेता ठाकुर गुरुङको उम्मेदवारी

  • कांग्रेसको १५औँ महाधिवेशन : धादिङ–२ बाट क्षेत्रीय कार्यसमिति सदस्यमा नवीनराज ढुंगानाको उम्मेदवारी

    कांग्रेसको १५औँ महाधिवेशन : धादिङ–२ बाट क्षेत्रीय कार्यसमिति सदस्यमा नवीनराज ढुंगानाको उम्मेदवारी

  • समाचार
    धादिङमा कांग्रेस क्षेत्रीय अधिवेशन : महाधिवेशन प्रतिनिधिमा रामेश्वर बुर्लाकोटीको उम्मेदवारी

    धादिङमा कांग्रेस क्षेत्रीय अधिवेशन : महाधिवेशन प्रतिनिधिमा रामेश्वर बुर्लाकोटीको उम्मेदवारी

    मनोज थापाद्वारा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधि (खुल्ला) पदका लागि उम्मेदवारी

    मनोज थापाद्वारा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधि (खुल्ला) पदका लागि उम्मेदवारी

    नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन: बागमती प्रदेश प्रतिनिधिमा युवा नेता ठाकुर गुरुङको उम्मेदवारी

    नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन: बागमती प्रदेश प्रतिनिधिमा युवा नेता ठाकुर गुरुङको उम्मेदवारी

    प्रदेश प्रतिनिधिमा एरोनोटिकल इन्जिनियर मोतीराम इटनीको उम्मेदवारी

    प्रदेश प्रतिनिधिमा एरोनोटिकल इन्जिनियर मोतीराम इटनीको उम्मेदवारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0