वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,१२ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि धादिङका युवा नेता सन्तोष बस्ताकोटीले युवा खुलातर्फ उम्मेदवारी दर्ता गराउनुभएको छ। नीलकण्ठ नगरपालिका–१४ धुवाकोटबाट कांग्रेसको संगठन निर्माणमा सक्रिय रहँदै आउनुभएका बस्ताकोटीले पार्टीभित्र आफ्नो राजनीतिक सक्रियता, संगठन निर्माणको अनुभव र युवाको प्रतिनिधित्वलाई मुख्य आधार बनाएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गराउनुभएको हो।
धुवाकोटमा कांग्रेसको संगठन निर्माणको प्रारम्भिक चरणमा ४२ मतबाट सुरु भएको आफ्नो राजनीतिक यात्रा अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारीसम्म आइपुगेको बस्ताकोटीले बताउनुभएको छ।पार्टी संगठन निर्माणका क्रममा विभिन्न चुनौती र संघर्षका बीच आफू निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उहाँले कांग्रेसलाई थप सुदृढ बनाउन र युवाको आवाजलाई पार्टी नेतृत्वको केन्द्रसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दर्ता गराएको बताउनुभएको छ।
“४२ भोटबाट सुरु भएको धुवाकोटको कांग्रेस निर्माणको यात्रा आज केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारीसम्म आइपुगेको छ,” बस्ताकोटीले भन्नुभएको छ, “त्यही अनुभव, निष्ठा र युवाको आवाजलाई नेतृत्वको केन्द्रसम्म पुर्याउने संकल्पसहित उम्मेदवारी दिएको हुँ।”
बस्ताकोटीले आफ्नो राजनीतिक यात्रामा साथ दिने नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरूको साथ, सहयोग र अमूल्य मतको अपेक्षा गर्नुभएको छ।कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको सहभागिता र प्रतिनिधित्वको विषय पनि चर्चामा रहेका बेला बस्ताकोटीको उम्मेदवारीलाई धुवाकोटबाट पार्टी संगठनमा सक्रिय युवाको प्रतिनिधित्वका रूपमा प्रस्तुत गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |