Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी

नीलकण्ठ एफ.एम २०५५ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (३ घण्टा अघि)
कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी

धादिङ, १३ असोज । नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा पदमा युवा नेता सरोज अधिकारीले उम्मेदवारी दिनुभएको छ । लामो समय पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय अधिकारीले अब पार्टीको मूलधारको नेतृत्वमा आफ्नो भूमिका थप सशक्त बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो । वि.स. २०५७ सालमा नीलकण्ठ माविमा नेपाल विद्यार्थी संघको अध्यक्ष हुदै विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका अधिकारी विचको केहि समय पत्रकारीतामा रहेपनि अहिले मुलधारको राजनीतिमा प्रवेश गर्नुभएको हो।

पत्रकारितामै रहदा पनि नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको राजनीति सँगै काँग्रेसको संगठनात्मक राजनीतिमा आफ्नो सक्रियता बढाउँदै आउनुभएको छ।नेपाल प्रेस युनियनमा कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका उहाँले सञ्चार क्षेत्रको अनुभवलाई राजनीतिक तथा सामाजिक विषयसँग जोडेर काम गर्दै आउनुभएको छ।अधिकारीले नेपालको मूलधारे सञ्चारमाध्यममा लामो समय काम गर्नुभएको अनुभव छ ।पत्रकारिताका क्रममा राजनीति, स्थानीय शासन, सार्वजनिक नीति तथा सामाजिक विषयमा निरन्तर कलम चलाउँदै आउनुभएका उहाँ पछिल्लो समय पार्टी राजनीतिमा सक्रिय हुनुभएको हो ।पत्रकारितामा रहँदा विभिन्न राजनीतिक तथा सामाजिक मुद्दालाई नजिकबाट नियाल्नुभएका अधिकारीले आफूले सञ्चार क्षेत्रबाट हासिल गरेको अनुभवलाई पार्टी संगठन र नीति निर्माणमा उपयोग गर्ने बताउनुभएको छ । उहाँको उम्मेदवारीलाई पत्रकारिता, युवा पुस्ता र पार्टी संगठनबीचको सम्बन्धलाई थप बलियो बनाउने प्रयासका रूपमा समेत प्रस्तुत गरिएको छ ।

अधिकारीको राजनीति यात्रा

  • वि.स. २०५८ साल अध्यक्ष, नेपाल विद्यार्थी संघ नीलकण्ठ मावि ।
  • वि.स.२०५९ साल सुनौलो बिहानी नाम साहित्यीक पत्रिकाको सम्पादक ।
  • वि.स.२०६१ साल आरआर क्याम्पस नेपाल विद्यार्थी संघ,क्याम्पस समिति सदस्य ।
  • वि.स.२०६२/०६३ को आन्दोलनमा सक्रिय सहभागिता ।
  • वि.स.२०६४ सालदेखी हाल सम्म नेपाली काँग्रेसको महाधिवेशन/महासमिति बैठक तथा प्रचारात्मक अभियानमा केन्द्रिय तहमा भुमिका निर्वाह ।
  • वि.स.२०६७ नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य ।
  • वि.स.२०७० नेपाल प्रेस युनियनका केन्द्रिय कोषाध्यक्ष ।
  • नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि ।
  • नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट महासमिति सदस्य ।
  • प्रजातान्त्रिक विचार समाजको केन्द्रिय सदस्य दुई पटक ।
  • नेपाल नगरपालिका संघका केन्द्रिय सल्लाहाकार ।
  • विभिन्न सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय।

युवा पुस्ताले नेतृत्वमा अवसर पाउनुपर्ने बहस भइरहेका बेला अधिकारीको महाधिवेशन प्रतिनिधि सदस्य पदको उम्मेदवारीलाई पनि यही परिवेशसँग जोडेर हेरिएको छ । लामो समय सञ्चार क्षेत्रमा काम गरेर सार्वजनिक बहस र नागरिकका सवाललाई नजिकबाट बुझ्नुभएका अधिकारीले पार्टीभित्र नीति, विचार र संगठन निर्माणमा युवाको सहभागिता बढाउनुपर्ने धारणा राख्दै आउनुभएको छ ।

नेपाली कांग्रेसको महत्वपूर्ण नीति तथा निर्णय गर्ने संरचनामध्ये एक भएकाले त्यहाँ युवा पुस्ताको अर्थपूर्ण सहभागिताले पार्टीको आगामी राजनीतिक दिशा, नीति र संगठनात्मक प्राथमिकतामा नयाँ पुस्ताका सवाललाई स्थान दिन सक्ने अपेक्षा गरिएको छ ।
अधिकारीको राजनीतिक यात्राको अर्को महत्वपूर्ण पक्ष उहाँको पत्रकारिता पृष्ठभूमि हो । पत्रकारीतामा एम एड सम्मको शिक्षा लिनुभएका अधिकारी बौद्धिक युवा नेताको रुपमा परिचित हुनुहुन्छ । सञ्चारमाध्यममा लामो समय काम गर्दा उहाँले विभिन्न क्षेत्रका विज्ञ, राजनीतिक नेतृत्व, जनप्रतिनिधि तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउनुभएको छ ।सार्वजनिक नीति, सुशासन, स्थानीय सरकार र विकासका सवालमा समाचार तथा सामग्री उत्पादन गर्दै आएको अनुभवले राजनीतिक नेतृत्वका लागि आवश्यक संवाद र विषयगत बुझाइ विकास गर्न सहयोग पु¥याएको अधिकारीको धारणा छ ।पछिल्लो समय स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म युवाहरूले परम्परागत राजनीतिक शैलीभन्दा फरक सोच, स्पष्ट दृष्टिकोण र परिणाममुखी कामको अपेक्षा गरिरहेका छन् । यही परिवेशमा आफ्नो पत्रकारिता अनुभव, संगठनात्मक सक्रियता र सामाजिक क्षेत्रसँगको सम्बन्धलाई पार्टी राजनीतिमा उपयोग गर्ने अधिकारीको प्रयास देखिन्छ ।

अधिकारी नेपाल नगरपालिका संघको सल्लाहकारका रूपमा समेत काम गरिरहनुभएको छ । स्थानीय सरकार र जनप्रतिनिधिसँगको सहकार्य तथा संवादका क्रममा उहाँले स्थानीय तहका समस्या, अवसर र नीतिगत विषयलाई नजिकबाट बुझ्ने अवसर पाउनुभएको छ ।
कांग्रेसको १५ औँ महाधिवेशनमा विभिन्न तहमा युवा पुस्ताका नेता तथा कार्यकर्ताले नेतृत्वका लागि दाबी प्रस्तुत गरिरहेका छन् ।धादिङमा पनि वडा तहदेखि क्षेत्रीय तथा जिल्ला तहसम्म युवाहरूको सक्रियता देखिएको छ ।यसले कांग्रेसभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र नयाँ राजनीतिक संस्कारको बहसलाई थप अगाडि ल्याएको छ । युवा पुस्ताले नेतृत्वमा आउन चाहनु मात्र पर्याप्त नभई उनीहरूलाई संगठन निर्माण, नीति निर्माण र निर्णय प्रक्रियामा जिम्मेवारी दिनुपर्ने विषय पनि महाधिवेशनको महत्वपूर्ण बहसका रूपमा देखिएको छ ।अधिकारीको महाधिवेशन प्रतिनिधिमा सदस्य पदको उम्मेदवारी पनि यही बहसको एउटा हिस्सा हो ।

लामो समय पत्रकारिता, सामाजिक क्षेत्र र स्थानीय शासनसँग जोडिएर काम गरेका अधिकारीले अब पार्टीको नीति निर्माण र संगठनात्मक भूमिकामा आफूलाई सक्रिय बनाउने प्रयास गर्नुभएको छ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए पार्टीको नीति निर्माणमा युवाका सवाललाई प्राथमिकताका साथ उठाउने, संगठनलाई समयअनुकूल बनाउने तथा पार्टी र नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

    नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

  • धादिङ क्षेत्र नं.२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेघनाथ रिजालको उम्मेदवारी

    धादिङ क्षेत्र नं.२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेघनाथ रिजालको उम्मेदवारी

  • कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी

    कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आदिवासी जनजाति महिला कोटामा सीतामाया चोदेन (गुरुङ)को उम्मेदवारी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आदिवासी जनजाति महिला कोटामा सीतामाया चोदेन (गुरुङ)को उम्मेदवारी

  • समाचार
    नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

    नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

    कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी

    कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी

    धादिङ क्षेत्र नं.२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेघनाथ रिजालको उम्मेदवारी

    धादिङ क्षेत्र नं.२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेघनाथ रिजालको उम्मेदवारी

    कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी

    कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0