वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ, ७ असोज : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आज धादिङको गल्छी गाउँपालिका–६ स्थित बाढी प्रभावित महेशदोभान क्षेत्रको अवलोकन गर्नुभएको छ ।
गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले उक्त क्षेत्रमा क्षति पु¥याएको थियो । गल्छीलगायत बाढी प्रभावित क्षेत्रको अनुगमनमा पुगेका नेपालले स्थानीय बासिन्दासँग भेटघाट गरी उनीहरूले भोगिरहेका समस्या र तत्कालका आवश्यकताबारे चासो व्यक्त गर्नुभएको छ ।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनाको अवस्थाबारे स्थलगत उहाँले जानकारी लिएको छ । त्यस क्रममा बाढीपीडितलाई राहत उपलब्ध गराउने, प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।
नेकपाका सह–संयोजक नेपाल संगै पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता हित बहादुर तामाङ, बागमती प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहनुभएका नेकपाका नेता राजेन्द्र प्रसाद पाण्डे,शालिकराम जम्कट्टेल लगाएतका नेताहरु सहभागी हुनुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |