वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ, ७ असोज : बाढीले बगाएको फुर्केखोलाको पुल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिका सभापति एवं धादिङ निर्वाचन क्षेत्र नं २ का सांसद बोधनारायण श्रेष्ठ,सांसद बसुमाया तामाङ सहित सडक विभागअन्तर्गतको पुल महाशाखा र भौतिक पूर्वाधार मन्त्रालयको प्राविधिक टोलीले उक्त क्षेत्रको अध्ययन गरेको हो ।
पुल महाशाखाका इन्जिनियर अञ्जली शिल्पकारका अनुसार टोलीले फुर्केखोलाआसपासको क्षेत्रमा नदीको बहाव तथा पानीको सतहको अवस्था अध्ययन गर्नुका साथै स्थानीयवासीसँग छलफल गरेको छ । स्थलगत अध्ययनबाट प्राप्त जानकारी महाशाखा र मन्त्रालयलाई उपलब्ध गराइने उहाँले बताउनुभयो ।
गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने उक्त पुल बगाएको थियो । पुल बगेपछि जिल्लाको मध्य तथा उत्तरी क्षेत्रको राष्ट्रिय सडक सञ्जालसँगको सीधा सम्पर्क विच्छेद हुँदा दैनिक आवागमन र उपभोग्य वस्तुको आपूर्तिमा समस्या भएको छ । पुल तत्काल निर्माण गर्न दबाब बढिरहेको अवस्थामा मंगलबार संघिय सांसदहरु सहितको बिज्ञटोली स्थलगत अध्ययनको लागी आउनुभएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |