बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङबेशी,२७ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङ जिल्ला समितिको सदस्य पदमा दुई जना मनोनीत हुनुभएको छ । जिल्ला समितिको बैठकले रुबी भ्याली गाउँपालिकाकी मिनाकुमारी गुरुङ र थाँक्रे गाउँपालिकाका मथुरा गजुरेललाई सदस्य पदमा मनोनयन गरेको हो ।
पार्टी संगठनलाई थप चलायमान, सशक्त र समावेशी बनाउने उद्देश्यसहित भूगोल र समुदायको सन्तुलन मिलाएर यो मनोनयन गरिएको जिल्ला सभापति राजन अर्यालले जानकारी दिनुभयो ।
दुर्गम भूगोल तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित भएपछि जिल्लामा पार्टी संगठन विस्तार र जनसरोकारका मुद्दा उठाउन थप सहज हुने विश्वास व्यक्त गरिएको छ । नवनियुक्त सदस्यहरूले पनि पार्टीको नीति र विचारलाई गाउँ–बस्तीसम्म पु¥याउन तथा जनताको सेवामा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसैबीच, रास्वपा धादिङको बैठकले हालैको बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा उद्दार तथा सरसफाइमा खटिने सम्पूर्ण स्वयंसेवक, सुरक्षाकर्मी तथा स्थानीयलाई एकमुष्ट धन्यवाद ज्ञापन गरेको छ । बाढीबाट विशेषगरी गल्छीको महेशदोभानस्थित बैरेनी अस्पताल र बागेश्वरी माध्यमिक विद्यालयमा पुगेको क्षतिका क्रममा पार्टीले सुरुवातमै स्वयंसेवक परिचालनको आह्वान गरी हिलो पन्छाउने र सरसफाइको नेतृत्वदायी पहल लिएको स्मरण गर्दै सभापति अर्यालले राहत र उद्धारमा खटिने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
साथै, बाढी–पहिरोका कारण धादिङ जिल्लामा ज्यान गुमाउने नागरिकहरूप्रति जिल्ला समितिले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले शोकसन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |