बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ,२५भदौ । घरमा कुडो पकाउने क्रममा आगलागी हुँदा खनियाबास गाउँपालिका १ धादिङका ७६ वर्षीय कुलबहादुर तामाङ घाइते भएका छन्। आगलागीबाट उनको दुईतले कच्ची घरसहित घरमा भण्डारण गरिएको मकै र धान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
ढुङ्गा र माटोले बनेको तथा टिनले छाएको तामाङको घरमा बुधबार बिहान कुडो पकाउने क्रममा अचानक आगो सल्किएको हो। घटनाबारे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट डुन्डुरे, झार्लाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
आगलागीमा परी तामाङको हात, खुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ। घाइते उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र डुन्डुरे लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल धादिङ पठाइएको छ।
प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ। उपचारका क्रममा उनका भतिज लसुन तामाङ साथमा रहेका छन्। आगलागीबाट घरमा राखिएको करिब २५० किलोग्राम मकै र १८० किलोग्राम धान जलेर नष्ट भएको छ। आगोले दुईतले कच्ची घर पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण सङ्कलन तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |