वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,१७ भदौ
भदौ १० गते गएको बाढी तथा विपद्बाट प्रभावित नुवाकोटका नागरिकलाई वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ नगरपालिका कर्मचारी परिवार तथा धादिङका ब्याडमिन्टन खेलाडीहरूको सहयोगमा राहत वितरण गरिएको छ।नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ नगरपालिका कर्मचारी परिवार एवं धादिङका ब्याडमिन्टन खेलाडीहरूको संयुक्त सहयोगमा संकलन गरिएको राहत सामग्री बाढी प्रभावित क्षेत्रमै पुगेर वितरण गरिएको हो।

बाढीका कारण घरबार तथा परिवारको आश्रय गुमाएका प्रभावित नागरिकलाई लत्ताकपडा तथा सरसफाइका आवश्यक सामग्री वितरण गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिनुभयो।नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत कँडेलसहितको टोली प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको हो।
राहत वितरणका क्रममा विशेषगरी महिला तथा बालबालिकाको आवश्यकतालाई प्राथमिकतामा राखिएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो। उहाँले विपद्का कारण समस्यामा परेका नागरिकलाई आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।बाढी तथा विपद्ले प्रभावित नागरिकको जनजीवन सामान्य अवस्थामा फर्काउन विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।