वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ, १६ भदौ
गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूलाई लक्षित गर्दै पतञ्जली योग समिति धादिङले नुवाकोटको विदुर नगरपालिका–७, अक्करेमा निःशुल्क सामूहिक भोजन सेवा सञ्चालन गरेको छ।पतञ्जली योग समिति धादिङ र महिला पतञ्जली योग समिति धादिङको आयोजनामा बाढी प्रभावित नागरिकहरूलाई एक सातासम्म सामूहिक रूपमा भोजन गराउने उद्देश्यले उक्त सेवा सञ्चालन गरिएको हो। समितिका पदाधिकारीहरू विगत चार दिनदेखि अक्करे क्षेत्रमा रहेर बाढी प्रभावित नागरिकहरूको सेवामा जुटिरहेका छन्। अक्करेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका करिब १५० जना नागरिकलाई दैनिक भोजन गराइएको पतञ्जली योग समिति धादिङका जिल्ला अध्यक्ष बद्री सुवेदीले जानकारी दिनुभयो।

चार दिनदेखि सञ्चालन भइरहेको सामूहिक भोजन सेवा एक सातासम्म निरन्तर सञ्चालन गरिने जिल्ला महामन्त्री कुमार बुढाथोकीले बताउनुभयो।सामूहिक भोजन सेवामा बागमती प्रदेश संगठन सचिव केशव थपलिया, जिल्ला अध्यक्ष बद्री सुवेदी, जिल्ला महामन्त्री कुमार बुढाथोकी, महिला पतञ्जली योग समितिका प्रभारी राममाया बुढाथोकी, महिला पतञ्जली योग समिति धादिङका महामन्त्री तथा बगैँचा योग साधना केन्द्रका प्रभारी अम्बिका सुवेदी, सुन्दरबस्ती योग साधना केन्द्रका प्रभारी रेशमराज अधिकारी तथा जिल्ला सल्लाहकार विनोदबाबु रिमाललगायतको सहभागिता रहेको छ।

त्यसैगरी सुन्दरबस्ती योग ध्यान साधना केन्द्र, बिन्दुकेशरा योग ध्यान केन्द्र तथा राधाकृष्ण योग ध्यान केन्द्रका पदाधिकारी, योग साधक तथा साधिकाहरू पनि राहत तथा भोजन सेवामा सहभागी भएका छन्। यसैबीच, पतञ्जली योगपीठका महिला केन्द्रीय सहप्रभारी अर्चना घिमिरेको नेतृत्वमा आएको टोलीले सोही क्षेत्रमा रहेका बाढी प्रभावित नागरिकहरूलाई आवश्यक लत्ताकपडासमेत वितरण गरेको जनाएको छ।

विदुर नगरपालिकाका जनप्रतिनिधि तथा सुरक्षा निकायसँग समन्वय गरी सामूहिक भोजन सेवा सञ्चालन गरिएको सुन्दरबस्ती योग साधना केन्द्रका प्रभारी रेशमराज अधिकारीले जानकारी दिनुभयो।विपद्का कारण खाना पकाउने अवस्था नभएका तथा घरबारविहीन बनेका नागरिकलाई सामूहिक रूपमा भोजन गराउने व्यवस्था गरिएको महिला पतञ्जली योग समिति धादिङका महामन्त्री तथा बगैँचा योग साधना केन्द्रका प्रभारी अम्बिका सुवेदीले बताउनुभयो।
उहाँका अनुसार दुःख र विपद्को समयमा आफूले सकेको सहयोग गर्ने उद्देश्यले बाढी प्रभावित नागरिकहरूका लागि सामूहिक भोजन सेवा सञ्चालन गरिएको हो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।