ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
लायन राजाराम रिजाल सम्मानित
धादिङ, भदौ १५:
धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले करिब ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। विद्यालयले बाढीका कारण अभिभावक गुमाएर आर्थिक कठिनाइमा परेका धादिङका प्रभावित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ।
विद्यालयले राहत तथा पुनःस्थापना कोषका लागि आफ्नै तर्फबाट २ लाख ५५ हजार ५५ रुपैयाँ सहयोग गर्ने भएको छ। त्यस्तै, प्याब्सन तथा अन्य सामाजिक संघसंस्थामार्फत थप १ लाख रुपैयाँ सहयोग उपलब्ध गराइने विद्यालयले जनाएको छ।
यसैगरी, विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीको दुई दिनको आधारभूत तलब बराबरको १ लाख ४४ हजार ३ सय २७ रुपैयाँसमेत बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।
विद्यालयका अनुसार यी सबै रकम गरी कुल ४ लाख ९९ हजार ३ सय ८२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।
गत भदौ १० गते रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विद्यालयले सामाजिक तथा मानवीय दायित्वअन्तर्गत सहयोग घोषणा गरेको हो।
बाढी तथा प्राकृतिक विपद्का कारण बाबुआमा गुमाएर आर्थिक कठिनाइमा परेका धादिङका विद्यार्थीलाई कक्षा १२ सम्म सम्पूर्ण वार्षिक तथा मासिक शुल्क मिनाहा गरी पूर्ण रूपमा निःशुल्क अध्ययनको अवसर प्रदान गरिने विद्यालयले जनाएको छ। यसबाट विपद्का कारण शिक्षा निरन्तरतामा समस्या भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठका अनुसार थप राहत जुटाउन इच्छुक विद्यार्थी तथा अभिभावकबाट संकलन हुने रकमसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
विद्यालयले बाढीपीडितका लागि आर्थिक सहयोगसँगै प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिने निर्णय गरेर विपद्को समयमा शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |