ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
धादिङ, ११ भदौ : भोटेकोशी नदीमा आएको बाढीका कारण सडक तथा राजमार्ग अवरुद्ध भई अत्यावश्यक वस्तुको आपूर्तिमा असहजता उत्पन्न भएपछि नेत्रावती डबजोङ गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका बजारमा कालोबजारी, कृत्रिम अभाव र अनावश्यक मूल्यवृद्धि नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
गाउँपालिकाले आज सूचना जारी गरी बाढीपछिको प्रतिकूल परिस्थितिको फाइदा उठाउँदै वस्तु तथा सामग्री सञ्चय गरेर कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य लिने तथा कालोबजारी गर्ने कार्य नगर्न व्यवसायीलाई सचेत गराएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोषप्रसाद जोशीद्वारा जारी सूचनामा त्यस्ता गतिविधि गरेको वा गराएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख छ।
तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण मानवीय तथा भौतिक क्षतिसँगै मुख्य सडकमार्ग अवरुद्ध हुँदा दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीको नियमित आपूर्तिमा समेत असर परेको गाउँपालिकाले जनाएको छ।
बाढीपछिको आपूर्ति अवस्थालाई ध्यानमा राख्दै उपभोक्ताको आवश्यकतामाथि असर पर्ने गरी सामान लुकाउने वा सञ्चय गर्ने तथा मूल्य बढाउने काम नगर्न आग्रह गरिएको छ। त्यस्तो गतिविधि भएको पाइए सम्बन्धित निकायमा उजुरी गर्न सर्वसाधारणलाई समेत गाउँपालिकाले अनुरोध गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |