वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, १० भदौः
रसुवातर्फबट आएको बाढी धादिङको गल्छी क्षेत्रमा समेत प्रवेश गरेको छ। बाढीका कारण गल्छीमा एउटा झोलुङ्गे पुल बगाएको छ भने खोला किनारका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार बाढीको सतह बढ्दै गएपछि प्रशासनले उच्च सतर्कता अपनाएको छ।
मलेखु र गल्छी क्षेत्रका खोला तथा नदी किनारका बस्ती बाढीको उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्क रहन प्रशासनले आग्रह गरेको छ । जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा सञ्चालन हुने सवारीसाधनलाई विभिन्न सुरक्षित स्थानमा होल्ड गरेर राखिएको छ। राजमार्गमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सतर्कता अपनाइएको प्रशासनले जनाएको छ ।
बाढीको सम्भावित क्षति न्यूनीकरणका लागि जिल्लाका सुरक्षा निकाय तथा विपद् व्यवस्थापन टोलीलाई खोला किनारका जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ। उनीहरूले बाढीको अवस्था निरन्तर निगरानी गर्नुका साथै आवश्यक उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहेको प्रशासनले जनाएको छ । प्रशासनले स्थानीय तहहरूसँग समेत निरन्तर समन्वय गर्दै जोखिमयुक्त क्षेत्रमा आवश्यक सुरक्षा तथा उद्धार व्यवस्थापन गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मानवीय क्षति हुन नदिन प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा विपद् व्यवस्थापनका टोली परिचालन गरिएको छ । उहाँले खोला तथा नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन र जोखिम बढेमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।