ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
धादिङबेशी,२६ साउन । धादिङको नीलकण्ठ नगरपालिका–३ शान्तबजार निवासी डा. राम थापा क्षेत्री नेपाल चिकित्सक संघको परिषद् सदस्यमा निर्वाचित भएका छन्। परिषद् सदस्य निर्वाचन २०८३ मा उनले ३०१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन नेपालका संस्थापक अध्यक्षसमेत रहेका डा. क्षेत्री हाल स्वास्थ्य बीमा बोर्ड, बबरमहलमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्। उनले राजशाही विश्वविद्यालय, बंगलादेशबाट एमबीबीएस र पोखरा विश्वविद्यालयबाट हेल्थ केयर म्यानेजमेन्टमा स्नातकोत्तर (MHCM) गरेका छन्।
डा. क्षेत्री पोखरा विश्वविद्यालयको हेल्थ केयर म्यानेजमेन्ट विभाग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) मा अध्यापनमा समेत संलग्न छन्। उनी युवा डक्टर्स एसोसिएसनका संस्थापक सह–समन्वयक, नेपाल मेडिकल एसोसिएसनका पूर्व परिषद् सदस्य, DSON का पूर्व कार्यसमिति सदस्य तथा धादिङ हेल्थ सोसाइटीका पूर्व महासचिवसमेत हुन्।
यसअघि उनले हेटौंडा अस्पतालमा अस्पताल प्रबन्धकको जिम्मेवारी सम्हाल्नुका साथै वीर अस्पताल, ट्रमा सेन्टर, श्री वीरेन्द्र अस्पताल छाउनी र इच्छाकामना आधारभूत अस्पताललगायतका स्वास्थ्य संस्थामा सेवा अनुभव हासिल गरेका छन्।
डा. क्षेत्रीले २०७२ सालको भूकम्प, जाजरकोट भूकम्प र कोभिड–१९ महामारीका समयमा स्वास्थ्य स्वयंसेवकका रूपमा समेत काम गरेका थिए।
स्वास्थ्य तथा सामाजिक क्षेत्रमा गरेको योगदानका लागि उनले प्रबल जनसेवा श्री चतुर्थ, राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८०, बेस्ट इमर्जिङ हेल्थ लिडर तथा बेस्ट ई–मिडिया इन्फ्लुएन्सर अवार्ड २०२४ लगायतका सम्मान प्राप्त गरेका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |