ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
‘हातमा क्यास, बजारमा छैन ग्यास’ भन्दै आपूर्ति र वितरण व्यवस्थामाथि प्रश्न
धादिङबेशी । सांसद आशिका तामाङले बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव र वितरणमा देखिएको असमानताप्रति कवितामार्फत व्यङ्ग्य गरेकी छन्। ‘हातमा क्यास, बजारमा छैन ग्यास’ भन्ने पंक्तिसहित उनले सर्वसाधारणले ग्यास सिलिन्डर पाउन भोग्नुपरेको समस्या र सरकारको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाएकी हुन्।
तामाङले कविता प्रस्तुत गर्दै ग्यास नपाउँदा सर्वसाधारणको दैनिक खानपान नै प्रभावित हुने अवस्था रहेको उल्लेख गरिन्। पैसा भएर पनि बजारमा ग्यास नपाउने तर पहुँच भएकाहरूले एकैपटक तीनवटासम्म सिलिन्डर लैजान सक्ने अवस्था रहेको भन्दै उनले वितरण प्रणालीप्रति व्यङ्ग्य गरिन्।
उनले ग्यास अभावका कारण एउटा परिवारले धेरै सिलिन्डर लैजाँदा अर्को परिवारमा अभाव सिर्जना हुने अवस्थालाई कवितामा समेटेकी छन्। सरकारले ग्यास पर्याप्त हुने बताइरहे पनि सर्वसाधारण खाली सिलिन्डर बोकेर विभिन्न ठाउँमा धाउन बाध्य भएको उनको भनाइ छ।
तामाङले थानकोटका उपभोक्तासमेत खाली सिलिन्डर बोकेर बालाजु र टेकुसम्म पुग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उपभोक्ताले भोगिरहेको सास्तीलाई कवितामार्फत प्रस्तुत गरिन्।
कविताको अन्त्यमा उनले ग्रामीण जीवनको प्रसङ्ग जोड्दै हिमालको फेदी र पाखापखेरामुनि कहिले ‘ग्यास भर्ने पँधेरो’ बन्ने हो भन्दै व्यङ्ग्य गरेकी छन्। उनको कविताले ग्यासको सहज उपलब्धता, समान वितरण र उपभोक्ताले भोगिरहेको समस्यालाई केन्द्रमा राखेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |