नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ४, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
समाचार
ताजा समाचार

महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

बिनोद तमु(बल्लु)
  • २०८३ श्रावण २३, शनिबार
  • २ महिना अघि
  • ७ मिनेट पढाइ
  • ६१११ पटक पढिएको
महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

धादिङ, २३ साउनः

गल्छी गाउँपालिका–६, महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा आएको छ। ‘स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग अपनाऔँ’ भन्ने मूल सन्देशसहित स्थापना गरिएको केन्द्रको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दिपक कुमार कार्कीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा करिब एक सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा पतञ्जलि योग समिति धादिङका प्रभारी बद्री सुवेदी, महिला प्रभारी राममाया बुढाथोकी, योग समिति बागमती प्रदेशका संगठन मन्त्री शंकर प्रसाद थपलिया, धादिङ जिल्ला योग खेलकुद संघका उपाध्यक्ष सन्दिप प्रसाद घिमिरे, अम्लेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष भिमसेन पाण्डे, ज्येष्ठ नागरिक समिति गल्छीका अध्यक्ष शम्भु खतिवडालगायत विभिन्न संघसंस्था तथा सरोकारवाला प्रतिनिधिको उपस्थिति थियो।

जिल्लाका विभिन्न स्थानमा सञ्चालित योग साधना केन्द्रबाट आएका साधक–साधिका तथा स्थानीयवासीको समेत कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै पतञ्जलि योग समिति धादिङकी महिला प्रभारी राममाया बुढाथोकीले धादिङमा पछिल्लो समय योगसम्बन्धी गतिविधि विस्तार हुँदै गएको बताउनुभयो। उहाँका अनुसार अम्लेश्वर योग साधना केन्द्र जिल्लामा सञ्चालनमा आएको २४औँ साधना केन्द्र हो।

योगले स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिल्लाका विभिन्न स्थानमा योग अभ्यासलाई विस्तार गर्दै लगिएको बताउनुभयो।

पतञ्जलि योग समिति धादिङका प्रभारी बद्री सुवेदीले नयाँ साधना केन्द्रको सफलताको शुभकामना दिँदै नियमित रूपमा योग तथा साधना सञ्चालन गर्न आग्रह गर्नुभयो।

योग समिति बागमती प्रदेशका संगठन मन्त्री शंकर प्रसाद थपलियाले योगको इतिहास, यसको सुरुवात, वर्तमान समयमा योगको आवश्यकता र साधनाको महत्वबारे जानकारी दिनुभयो। उहाँले स्वस्थ जीवनका लागि योगसँगै स्वस्थ खानपान र उचित रहनसहन पनि आवश्यक रहेको बताउनुभयो।

प्रमुख अतिथि गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले योग साधना केन्द्रका लागि आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो। औषधि विज्ञानमा आधारित उपचारसँगै पूर्वीय साधना र जीवनपद्धतितर्फ पनि फर्किनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्दै उहाँले योगलाई जीवनको अपरिहार्य हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो।

योग, आयुर्वेद र साधनाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अध्यक्ष खतिवडाले दैनिक रूपमा सञ्चालन हुने साधना केन्द्रलाई निरन्तरता दिन शुभकामना व्यक्त गर्नुभयो। उहाँले केन्द्रका लागि गाउँपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभयो।

कार्यक्रमका अध्यक्ष तथा वडाध्यक्ष दिपक कुमार कार्कीले आफू पनि योग साधक रहेको बताउँदै योगले अनुशासन, धर्म तथा संस्कृतिको संरक्षणसँगै शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न योग प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो।

अम्लेश्वर योग साधना केन्द्रले अब दैनिक रूपमा योग तथा साधना सञ्चालन गर्ने जनाएको छ। स्थानीयस्तरमा योगको पहुँच विस्तार गर्दै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा केन्द्रले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

केन्द्रको संस्थापक समितिको प्रभारीमा दिल बहादुर रम्तेल, सह–प्रभारीमा इन्दिरा रायमाझी भण्डारी, मन्त्रीमा राधा अधिकारी, सह–मन्त्रीमा उद्वव काराखेती र कोषाध्यक्षमा अमृता के.सी. रहनुभएको छ।

त्यस्तै सदस्यहरूमा शंकर भण्डारी, रिता भण्डारी, हिरा सुवेदी, सरस्वती भण्डारी, सुमित्रा कार्की र प्रकाश भण्डारी तथा सल्लाहकारमा केदारनाथ खतिवडा, दिपक कुमार कार्की, भिमसेन पाण्डे, शिव भण्डारी र अप्सरा पण्डित रहनुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

३ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

३ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

३ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

५ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

५ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

६ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0