वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, २० साउनः
मालपोत कार्यालय धादिङले आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई जग्गा किनबेच, नामसारी, रोक्का–फुकुवा तथा रजिस्ट्रेसनलगायत अधिकांश सेवा एकै दिनमा उपलब्ध गराउँदै आएको जनाएको छ ।
भूमि प्रशासन अधिकृत मनोजकुमार पोखरेलले कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार मालपोत कार्यालय नागरिकलाई दैनिक रूपमा प्रत्यक्ष सेवा दिने निकाय भएकाले छिटो, सहज र जिम्मेवार सेवा प्रवाहमा विशेष ध्यान दिइएको छ ।
कार्यालयले कर्मचारीलाई सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न निर्देशन दिएको छ। कुनै कर्मचारीले सेवाग्राहीसँग रिसाउने, झर्किने वा असभ्य व्यवहार गर्न नपाउने आन्तरिक नीति लागू गरिएको पोखरेलले बताउनु भयो । काम हुन नसक्ने अवस्था भए सेवाग्राहीलाई त्यसको स्पष्ट कानुनी कारण जानकारी गराएर मात्रै फर्काउने व्यवस्था गरिएको छ ।
नेपाल सरकारले बैंकसँग सम्बन्धित जग्गा रोक्का तथा फुकुवाको प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन गरेपछि सेवा थप सहज बनेको कार्यालयले जनाएको छ । बैंकले अनलाइन प्रणालीबाट विवरण पठाएपछि कार्यालयले कागजात परीक्षण गरी रोक्का, फुकुवा वा आवश्यक कैफियत उल्लेख गरेर प्रक्रिया अघि बढाउने गरेको छ।
जग्गा वर्गीकरण स्थानीय तहको जिम्मेवारीअन्तर्गत पर्ने उल्लेख गर्दै पोखरेलले धादिङका अधिकांश स्थानीय तहमा वर्गीकरण सम्पन्न भइसकेको बताउनु भयो । हाल ज्वालामुखी र रुबीभ्याली गाउँपालिकामा मात्रै वर्गीकरणको काम बाँकी रहेको र ती पालिकालाई ताकेता गरिएको उहाँको भनाइ छ ।
सार्वजनिक जग्गा दर्ता, अतिक्रमण, विवादित जग्गा तथा कानुनी मुद्दासम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभाग र अन्य निकायबाट अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। अनुसन्धान वा मुद्दा प्रक्रियामा रहेका केही जग्गा रोक्का राखिएको र कानुनी प्रक्रिया पूरा भएपछि मात्रै निर्णय गरिने पोखरेलले स्पष्ट पार्नुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।