बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी,११ साउन । जिल्ला समन्वय समिति महासंघ नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी सर्वसम्मत चयन भएका छन्। भक्तपुरमा सोमबार सम्पन्न प्रदेश भेलाले अधिकारीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन गरेको हो।
जिल्ला समन्वय समिति भक्तपुरको व्यवस्थापनमा आयोजित भेलामा बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो। भेलाले अध्यक्षसहित उपाध्यक्ष, सचिव, दुई सहसचिव, कोषाध्यक्ष र सदस्यहरू चयन गरेको छ।
समितिको उपाध्यक्षमा चितवनका सविता चौधरी,सचिवमा ललितपुरका दिनेश घोरासाईने,सह-सचिवमा नुवाकोटका सम्झना सेढाई, मकवानपुरका तारा ढुङ्गाना र कोषाध्यक्षमा भक्तपुरका बिश्वराम त्वारावासु चयन भएका छन् ।
भेलामा बागमती प्रदेशभित्रका जिल्ला समन्वय समितिहरूबीच आपसी समन्वय र सहकार्य विस्तार गर्ने, अनुभव आदानप्रदान गर्ने तथा स्थानीय शासनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। जिल्ला समन्वय समितिको संवैधानिक तथा कानुनी भूमिकालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संस्थागत क्षमता विकास र प्रदेशस्तरीय सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
नवनिर्वाचित अध्यक्ष अधिकारीले आफूलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेकोमा प्रदेशका १३ वटै जिल्ला समन्वय समिति, महासंघको केन्द्रीय समिति तथा आफ्नो नाम सिफारिस गर्ने दलप्रति आभार व्यक्त गरेका छन्।
उनले आफूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउँदै प्रदेशभरका जिल्ला समन्वय समितिहरूबीच एकता, सहकार्य र संस्थागत सुदृढीकरणका लागि सक्रिय भएर काम गर्ने बताएका छन्।
नवनिर्वाचित समितिले जिल्ला समन्वय समितिहरूका साझा समस्या पहिचान गरी सम्बन्धित प्रदेश तथा संघीय निकायसँग समन्वय गर्ने र स्थानीय तहहरूबीच सहजीकरणको भूमिका थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |