वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ, ३ असार
जिल्ला प्रशासन कार्यालय धादिङले भोली बिहान ५ बजे सम्म अत्यावश्यक बाहेकका सबै सवारी सन्चालनमा रोक लगाएको छ ।लगातार भारी वर्षाको पूर्वानुमान तथा बाढी, पहिरो र सडक अवरोधको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभित्र सञ्चालन हुने तथा धादिङ भएर आवतजावत गर्ने अत्यावश्यक सेवाबाहेकका सबै सार्वजनिक तथा निजी सवारी साधनको आवागमन अस्थायी रूपमा पूर्ण बन्द गर्ने निर्णय गरेको हो ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार साउन ३ गते आइतबार देशका विभिन्न क्षेत्रमा भारी तथा अति भारी वर्षा हुने सम्भावना रहेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि धादिङसहित चितवन, गोरखा र नुवाकोट लगायतका जिल्लामा रातिको समयमा सवारी आवागमन उच्च जोखिममा रहेको जनाएको छ।
यसैलाई आधारमा धादिङले साउन ३ गते राति १०ः०० बजेदेखि साउन ४ गते बिहान ५ः०० बजेसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनलगायत अत्यावश्यक सेवाबाहेकका सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) द्वारा जारी सूचनामा नागरिकको जिउधनको सुरक्षा पहिलो प्राथमिकता भएकाले उक्त निर्णय गरिएको उल्लेख छ।
प्रशासनले सबै नागरिकलाई आवश्यक सतर्कता अपनाउन, जोखिमपूर्ण यात्रा नगर्न तथा विपद्को अवस्थामा सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालयले आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र,जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका सम्पर्क नम्बरमार्फत सहयोग लिन समेत अनुरोध गरेको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।