धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी,१९ असार । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले वडा तथा पालिका स्तरको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार वडा नम्बर १ को प्राङ्गणमा सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशी, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष ठाकुर गुरुङसहित विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो। शाखा प्रमुखहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित योजना, विकास निर्माण, बजेट कार्यान्वयन र सेवा प्रवाहबारे जानकारी गराएका थिए।
सार्वजनिक सुनुवाइका क्रममा स्थानीय सहभागीहरूले विकास आयोजना समयमै सम्पन्न नभएको, केही स्थानमा मापदण्डअनुसार निर्माण कार्य नभएको, साना व्यवसायमा दोहोरो करको प्रभाव परेको तथा अनुगमन समितिको प्रभावकारिताबारे गुनासा र जिज्ञासा राखेका थिए।
उठेका प्रश्न तथा गुनासाको जवाफ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल र प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशीले दिनुभएको थियो। उहाँहरूले सार्वजनिक सुनुवाइमा उठेका विषयलाई आवश्यक प्राथमिकताका साथ सम्बोधन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेत्रावती डवजोङ गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि तथा नागरिकको गुनासो र सुझावलाई संस्थागत रूपमा सम्बोधन गर्न प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |