धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ, १९ असार
भक्तपुरको प्रसिद्ध तथा परम्परागत ‘जु जु धौँ’ अब धादिङबेसीमै उपलब्ध भएको छ। उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै धादिङबेसीस्थित मण्डली जुस हबले भक्तपुरको चर्चित अर्गानिक जु जु धौँ बिक्री सुरु गरेको हो।मण्डली जुस हबका सञ्चालक पुरुषोत्तम घिमिरेका अनुसार धादिङका धेरै उपभोक्ताले लामो समयदेखि भक्तपुरको जु जु धौँ धादिङमै उपलब्ध गराउन आग्रह गर्दै आएका थिए। सोही मागलाई सम्बोधन गर्दै भक्तपुरबाट गुणस्तरीय जु जु धौँ ल्याएर बिक्री सुरु गरिएकोजानकारी दिनुभयो।
घिमिरेका अनुसार जु जु धौँ उत्पादनका लागि आवश्यक उच्च गुणस्तरको दूध धादिङका सहकारी तथा डेरीहरूबाट पर्याप्त मात्रामा उपलब्ध हुन नसकेका कारण हाल भक्तपुरबाटै तयार दही ल्याउनुपर्ने अवस्था रहेको छ। “स्थानीय स्तरमै उत्पादन गर्ने इच्छा भए पनि आवश्यक गुणस्तरको दूध नपाउँदा भक्तपुरबाट ल्याएर बिक्री सुरु गरेका छौं,” उहाँले भन्नुभयो ।परम्परागत रूपमा जु जु धौँ माटोको भाँडामा बिक्री गरिने भए पनि ढुवानी तथा संरक्षणको असहजताका लागि यसलाई अहिले प्लास्टिकका भाँडामा उपलब्ध गराइएको घिमिरेले बताउनुभयो । उहाँको अनुसार एक लिटर, आधा लिटरका प्याकका साथै पसलमै बसेर खान मिल्ने सानो कपमा समेत जु जु धौँ बिक्री भइरहेको छ।
स्वाद, गुणस्तर र अर्गानिक उत्पादनका कारण भक्तपुरको जु जु धौँ नेपालभर लोकप्रिय मानिन्छ। विशेष गरी चिल्लो, बाक्लो र प्राकृतिक स्वादका कारण यसले उपभोक्तामाझ छुट्टै पहिचान बनाएको छ। धादिङमा यसको बिक्री सुरु भएसँगै स्थानीय उपभोक्ताले अब भक्तपुरे दहिका स्वाद लिन पाउनेछन् ।सञ्चालक घिमिरेले आगामी दिनमा उपभोक्ताको मागअनुसार थप परिमाणमा जु जु धौँ उपलब्ध गराउने योजना रहेको पनि बताउनुभयो। उहाँले गुणस्तरमा कुनै सम्झौता नगरी उपभोक्तालाई ताजा र विश्वसनीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |