वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङबेशी,१६ असार । असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ । कृषिप्रधान नेपालको परम्पराअनुसार किसानले खेतमा धान रोप्दै दही–चिउरा खाएका छन् भने अन्य पेसा र व्यवसायमा आबद्ध नागरिकले पनि दही–चिउरा सेवन गरी पर्व मनाएका छन् ।
असार १५ लाई धान रोपाइँको मुख्य समयका रूपमा लिइन्छ । उक्त दिन खेतमा असारे भाका, लोकदोहोरी गीत र परम्परागत सांस्कृतिक गतिविधिबीच धान रोप्ने चलन रहिआएको छ । दही–चिउरा शरीरलाई शीतलता दिने, पाचनमा सहयोग गर्ने तथा ऊर्जा प्रदान गर्ने विश्वासका कारण पनि यो पर्वसँग जोडिएको मानिन्छ ।
नेपाल सरकारले विसं २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो । धान उत्पादन वृद्धि, कृषिप्रति आकर्षण बढाउने तथा किसानको योगदानको सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ । यस वर्ष भने असारको मध्यसम्म पनि देशका अधिकांश क्षेत्रमा पर्याप्त वर्षा नहुँदा अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन । केही स्थानमा रासायनिक मलको अभाव रहेको गुनासो पनि किसानले गरेका छन् ।
यसैबीच, धादिङका विभिन्न स्थानीय तह, कृषि कार्यालय तथा सामाजिक संस्थाले पनि धान दिवसको अवसरमा धान रोपाइँ, सांस्कृतिक कार्यक्रम र कृषक सम्मानलगायत विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका छन् ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।