वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ, १५ असार ।
जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूका लागि सामाजिक सञ्जालको समुचित प्रयोग सम्बन्धी एकदिने विद्यार्थी तथा युवावर्ग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।विद्यार्थीहरूमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै त्यसबाट उत्पन्न हुन सक्ने मानसिक, सामाजिक तथा शैक्षिक असरबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत आरती छत्कुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले सहजीकरण गर्दै सामाजिक सञ्जालका सकारात्मक तथा नकारात्मक पक्षबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले सामाजिक सञ्जाललाई सही ढंगले प्रयोग गर्न सके ज्ञान, सूचना, सीप विकास तथा सिर्जनात्मक कार्यमा महत्वपूर्ण माध्यम बन्न सक्ने बताउनुभयो।

तर यसको दुरुपयोगले विद्यार्थीहरूको अध्ययनमा नकारात्मक प्रभाव पार्नुका साथै पारिवारिक सम्बन्धमा दूरी बढ्ने, सामाजिक एक्लोपनको अनुभूति हुने, आत्मविश्वासमा कमी आउने तथा विभिन्न मानसिक स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
सहजीकरणका क्रममा थापाले अत्यधिक मोबाइल तथा सामाजिक सञ्जालको प्रयोगले समय व्यवस्थापनमा समस्या सिर्जना हुने, पढाइप्रति रुचि घट्ने र भविष्यका अवसरहरू समेत प्रभावित हुन सक्ने उल्लेख गर्नुभयो। उहाँले डिजिटल माध्यमको प्रयोग गर्दा व्यक्तिगत गोपनीयताको सुरक्षा, जिम्मेवार व्यवहार तथा तथ्यमा आधारित सामग्री मात्र साझा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा साइबर बुलिङका विभिन्न स्वरूप, त्यसबाट विद्यार्थीहरूमा पर्ने मनोवैज्ञानिक असर तथा त्यसबाट सुरक्षित रहने उपायहरूबारे पनि जानकारी दिइएको थियो। अपरिचित व्यक्तिसँग व्यक्तिगत जानकारी साझा नगर्ने, बलियो पासवर्ड प्रयोग गर्ने, शंकास्पद लिंक नखोल्ने, अनलाइन दुव्र्यवहार भएमा तत्काल अभिभावक, शिक्षक वा सम्बन्धित निकायलाई जानकारी गराउने लगायतका विषयमा सहभागीहरूलाई सचेत गराउनुभएको थियो ।

अन्तरक्रियात्मक रूपमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूले सामाजिक सञ्जाल प्रयोगका क्रममा भोगेका अनुभव, जिज्ञासा तथा चुनौतीहरू राख्नुभएको थियो । सहजीकरणकर्ताले ती जिज्ञासाको समाधान गर्दै सुरक्षित, जिम्मेवार र सन्तुलित डिजिटल जीवनशैली अपनाउन आग्रह गर्नुभयो।कार्यक्रममा सहभागी विद्यार्थीहरूले सामाजिक सञ्जालको सही प्रयोग, मानसिक स्वास्थ्यको महत्व तथा साइबर सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिनुभएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।