वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी, १५ असार । धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा प्रत्युष नेटवर्क प्रालिको समन्वयमा वडा नम्बर १ को मार्पाकमा शुक्रबारदेखि सञ्चालन भएको तालिम आइतबार सम्पन्न भएको हो ।
विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा समन्वय क्षमताको विकास गर्ने उद्देश्यले आयोजित तालिममा वडा नम्बर १ र २ का ५१ जना लक्षित बर्गको सहभागिता रहेको थियो । तालिममा विपद् व्यवस्थापनको अवधारणा, स्थानीय तहको भूमिका, जोखिम पहिचान तथा नक्साङ्कन, समुदायस्तरको पूर्वतयारी, खोज तथा उद्धार, प्राथमिक उपचार, सुरक्षित उद्धार तथा बाढी, पहिरो, आगलागी र भूकम्पलगायतका विपद्का समयमा अपनाउनुपर्ने सावधानीबारे सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो । साथै राहत व्यवस्थापन, मनोसामाजिक सहयोग तथा वडा र पालिकास्तरको विपद् कार्ययोजना निर्माणका विषयमा समेत प्रशिक्षण दिइएको थियो ।
तालिममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्का, नेपाल रेडक्रस सोसाइटीका नेशनल डिजाष्ट्रर रेसपोन्स टिमका सदस्य रमेश अधिकारी, प्राथमिक उपचारका प्रशिक्षक दीपेश कुमार कार्की, कृष्णप्रसाद अधिकारी लगाएतले सहजीकरण गर्नुभएको थियो ।
समापन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष ठाकुर गुरुङले गाउँपालिकाको भौगोलिक संवेदनशीलता र प्राकृतिक विपद्को उच्च जोखिमलाई मध्यनजर गर्दै तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले यस्ता बिपद संग सम्बन्धित क्षमता अभिवृद्धिमूलक तालिम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।