वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङबेशी,३१ जेष्ठ । धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोटमा स्थानीय महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सरफ तथा झोल साबुन बनाउने पाँचदिने सीपमूलक तालिम सुरु भएको छ।
धुवाकोट सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सञ्चालन भएको तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष नमराज दुवाडी प्रमुख अतिथि रहनुभएको थियो। वडा सदस्य तथा न्यायिक समिति सदस्य कमला तामाङको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्य भीमबहादुर गुरुङ, सामुदायिक सिकाइ केन्द्रका पदाधिकारी तथा महिला समूहका प्रतिनिधिहरूको सहभागिता थियो।
तालिममा केन्द्रअन्तर्गतका सात वटा महिला समूहका २५ जना महिलाहरू सहभागी छन्। सहभागीहरूलाई सरफ तथा झोल साबुन उत्पादन विधि, आवश्यक सामग्रीको प्रयोग, उत्पादन प्रक्रिया, गुणस्तर व्यवस्थापन तथा व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष दुवाडीले यस्ता सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरी आयआर्जनका अवसर सिर्जना गर्न आग्रह गर्नुभयो।
स्थानीय स्तरमा उत्पादन तथा उद्यमशीलता विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।