वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी,२९ जेष्ठ । धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय धादिङबेँसीले बिहिबार उक्त कार्यक्रम आयोजना गरेको हो ।
संस्थाका अनुसार समूह अध्यक्ष, सदस्य तथा सेवाग्राहीलाई लक्षित गरी वित्तीय ज्ञान, बचत, ऋणको सदुपयोग तथा वित्तीय अनुशासन सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
धादिङबेँसीस्थित जनजिविका होटलमा बिहान साढे १० बजेदेखि सञ्चालन भएको कार्यक्रममा स्थानीय सेवाग्राही, समूह प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा वित्तीय कारोबारलाई व्यवस्थित बनाउने उपाय, बचतको महत्व, ऋण व्यवस्थापन तथा वित्तीय सचेतनाका विषयमा जानकारी दिइएकोे छ ।
कार्यक्रमका अवसरमा बचततर्फ उत्कृष्ट हुने समूह तथा सदस्यलाई सम्मान गरिएको थियो । बचततर्फ प्रथम स्थान हासिल गर्ने युनिक निगालपानी पुरुष समूहका मनोहर बिक, द्वितीय स्थान हासिल गर्ने बगालेटार महिला समूहकी धनमाया तामाङ र तृतीय स्थान हासिल गर्ने मिलनटोल महिला समूहकी शान्तामाया श्रेष्ठ लाई सम्मान गरिएको थियो ।
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले समुदायस्तरमा वित्तीय पहुँच विस्तार तथा वित्तीय साक्षरता अभिवृद्धिका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।