धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी,२७ जेष्ठ । धादिङमा भर्खरै सरुवा भएर आउनुभएकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जिल्लाको सेवा प्रवाहलाई चुस्त, नागरिकमैत्री, निष्पक्ष र भ्रष्टाचाररहित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मंगलबार सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले जिल्ला प्रशासन कार्यालय लगायत सम्पूर्ण सरकारी र सुरक्षा निकायको कामकारबाही सुधार्न पत्रकारहरूको रचनात्मक सुझावको अपेक्षा गरेको बताउनुभयो ।
जिल्लाको भौगोलिक अवस्था र व्यावसायिक संवेदनशीलतालाई औँल्याउँदै प्रजिअ पाण्डेले बजार, यातायात, नदीजन्य पदार्थ र क्रसर उद्योगहरूमा संयुक्त अनुगमन गरिने जानकारी दिनुभयो । गुनासो आएका स्थानमा सुरक्षा निकाय र सरोकारवालाहरूसँगको सहकार्यमा तत्काल अनुगमन टोली परिचालन गरिने उहाँको भनाइ छ । साथै, जिल्लाको समग्र विकास निर्माण र शान्ति सुरक्षा कायम गर्नका लागि अधिकार र स्रोतसाधन सम्पन्न स्थानीय तहहरूसँग प्रशासनले निरन्तर समन्वयकारी भूमिका निर्वाह गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
धादिङका पत्रकारहरु संग पहिलो पटक अन्तक्र्रिया गर्दे प्रजिअ पाण्डेले सूचना प्रवाह र प्रशासनिक सहजीकरणका लागि आफु प्रतिवद्ध रहेको बताउनु भयो । जिल्ला स्थित सरकारी कार्यालयको सेवा प्रवाहलाई चुस्त–दुरुस्त, भ्रष्टाचाररहित, निष्पक्ष र नागरिकमैत्री बनाउन सरोकारवाला निकायहरु संग समन्वय गरेर अगाडी बढ्ने उहाँको धारणा थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |