बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङबेशी, २७ जेष्ठ । नीलकण्ठ नगरपालिका–७ स्थित कर्णेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि नेपाल क्षयरोग निवारण संस्था (जुनियर नाटा) को विद्यालयस्तरीय समिति पुनर्गठन गरिएको छ।
विद्यालयले जारी गरेको सूचनाअनुसार पुनर्गठित समितिको अध्यक्षमा कक्षा ९ मा अध्ययनरत अशोक रनपहेली चयन भएका छन् । उपाध्यक्षमा कक्षा ८ की रोशनी सिंखडा र सचिवमा कक्षा ९ का प्रश्ना परियार सचिव चयन भएका छन्। समितिमा कक्षा ७ का गोशन विक, अनिशा श्रेष्ठ, कक्षा ९ की शिक्षा अधिकारी, कक्षा १० का झरना नेपाली र लक्ष्मी परियार, कक्षा ८ की अनिशा सारु बिसुन्के, कक्षा ८ का विजय विक तथा कक्षा ९ की रिकिसा सिंखडा सदस्य रहेका छन्।
विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूमा क्षयरोग सम्बन्धी सचेतना अभिवृद्धि गर्ने, स्वास्थ्यसम्बन्धी सकारात्मक व्यवहार विकास गर्ने तथा विद्यालयस्तरमा जनस्वास्थ्यका गतिविधिहरू सञ्चालन गर्ने उद्देश्यले समिति पुनर्गठन गरिएको हो।
समितिको शिक्षक नायकमा भेषराज नेपाल र संरक्षक प्र.अ. का रूपमा विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारी रहेका छन्। पुनर्गठन सम्बन्धी निर्णय विद्यालय प्रशासनले आज जेष्ठ २७ गते सार्वजनिक गरेको हो ।
विद्यालयले नवगठित समितिलाई स्वास्थ्य सचेतना तथा क्षयरोग नियन्त्रणसम्बन्धी अभियानमा सक्रिय भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |