Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

४६८१ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ २४, आईतबार (२ महिना अघि)
नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

 धादिङबेशी,२४ जेष्ठ । नीलकण्ठ नगरपालिकाले शैक्षिक सत्र २०८२ मा आधारभूत तह (कक्षा ८) तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई बाजागाजासहित सम्मान गरेको छ। नगरपालिकाले शतप्रतिशत नतिजा ल्याउने विद्यालय तथा विषय शिक्षक र ४.०० जीपीए प्राप्त विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

नगरपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा एसईई २०८२ अन्तर्गत ऐच्छिक द्वितीय विज्ञान विषयमा शतप्रतिशत नतिजा ल्याउने १, कम्प्युटर विज्ञानमा २ , ऐच्छिक द्वितीय शिक्षामा ६, ऐच्छिक प्रथम अर्थशास्त्रमा ११ , सामाजिक विषयमा १६, विज्ञान विषयमा १२, गणित विषयमा ३, अंग्रेजी विषयमा १६, ऐच्छिक प्रथम गणितमा ९, नेपाली विषयमा १९ जना तथा कार्यालय सञ्चालन तथा लेखामा १६, ऐच्छिक प्रथम अर्थशास्त्र विषयमा ११ जना विषय शिक्षक तथा विद्यालय सम्मानित भएका थिए ।

त्यसैगरी आधारभूत तह (कक्षा ८) अन्तर्गत अंग्रेजी विषयमा शतप्रतिशत नतिजा ल्याउने २६, गणितमा १७, विज्ञानमा ३०, सामाजिक अध्ययनमा ३०, नेपालीमा ३०, स्वास्थ्यमा ३१, ‘हाम्रो नीलकण्ठ’ विषयमा ३२ जना विषय शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको थियो ।

एसईई २०८२ मा ४.०० जीपीए प्राप्त गर्ने नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका विपिसा सुवेदी, दिप्सन छत्कुली, प्रशंसा गुरुङ, नविना श्रेष्ठ र न्यू किबो आवासीय माध्यमिक विद्यालयकी रोजिना चौलागाईंलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो।

यस्तै कक्षा ८ को परीक्षामा ४.०० जीपीए प्राप्त गर्ने आदर्श अधिकारी, आर्सन रिजाल, जिया अधिकारी, मनोज थापा, सम्राट श्रेष्ठ, सौरभ सिम्खडा, अमिक्षा गुरुङ, मुहमद सरिफ मियाँ, दीक्षा रिजाल, अनुजा तामाङ, अंकित लम्साल र जेनिक रानालाई समेत सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा जनप्रतिनिधिबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी शैक्षिक नीति तथा कार्यक्रम निर्माणका लागि शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालाबाट सुझावको अपेक्षा गरिएको उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले आवश्यक लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले विद्यालय व्यवस्थापन समितिको सक्रियता, नियमित अनुगमन र स्वमूल्याङ्कनका आधारमा आगामी दिनमा विद्यालय तथा सरोकारवालालाई समेत मूल्याङ्कन गरी सम्मान गर्ने योजना रहेको जानकारी दिनुभयो। कक्षा ८ मा ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीलाई समेत प्रोत्साहनस्वरूप सम्मान गर्ने अभ्यासलाई आगामी दिनमा निरन्तरता दिइने उहाँको भनाइ थियो।

सामाजिक विकास समिति संयोजक मञ्जु मगरले नीलकण्ठ नगरपालिकाले निःशुल्क शिक्षाको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै आएको बताउँदै कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले शिक्षक तथा विद्यालयहरूले आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो।

उपप्रमुख दीपक विश्वकर्माले संविधानले सुनिश्चित गरेको निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकारलाई व्यवहारमा उतार्न नीलकण्ठ नगरपालिका सफल भएको दाबी गर्नुभयो। शिक्षा क्षेत्रमा गरिएको लगानी र सुधारका कार्यक्रमले नीलकण्ठ नगरपालिकालाई देशकै नमुना स्थानीय तहका रूपमा स्थापित गर्न मद्दत पुगेको उहाँको भनाइ थियो।

शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठले शतप्रतिशत नतिजा हासिल गराउने शिक्षक तथा विद्यालयको प्रशंसा गर्दै विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई टिकाइराख्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले शिक्षक दरबन्दी व्यवस्थापन, विद्यालय नेतृत्वको स्थायित्व, विद्यालय सुधार योजना निर्माण तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा स्थानीय तहको भूमिका थप प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

  • अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0