वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी, ७ जेठ । सिद्धलेक गाउँपालिकाले सञ्चालन गरेको “अध्यक्षसँग आमा समूह अन्तरक्रिया” कार्यक्रम अन्तिम चरणमा पुगेको छ। जेठ ४ गतेदेखि सुरु भएको कार्यक्रम अन्तर्गत बुधबार वडा नं. ५ र ६ मा अन्तरक्रिया सम्पन्न भएको तथा आज वडा नं. ७ मा कार्यक्रम सम्पन्न भएसँगै औपचारिक रूपमा समापन हुने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार पहिलो दिन वडा नं। १ को जलेश्वरी आधारभूत विद्यालय र वडा नं। २ को नलाङ पात्ले माध्यमिक विद्यालयमा अन्तरक्रिया गरिएको थियो। दोस्रो दिन वडा नं. ३ को अमर आदर्श माध्यमिक विद्यालय तथा वडा नं। ४ को मालिका आधारभूत विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको थियो। बुधबार वडा नं. ५ स्थित बाघबच्छला माध्यमिक विद्यालय र वडा नं. ६ स्थित कुम्पुर आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो।
बुधबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम खतिवडा ले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा योजना निर्माण गरी गाउँपालिकामा पेश गर्न आमा समूहलाई आग्रह गर्नुभयो। उहाँले जनअपेक्षाअनुसारका योजना कार्यान्वयनमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष सबिता अर्याल ले सीपमूलक तथा उत्पादनमुखी तालिमलाई प्राथमिकतामा राख्दै साबुन निर्माण, घरेलु उत्पादन तथा व्यवसायमुखी कार्यक्रमका प्रस्ताव गाउँपालिकामा ल्याउन आमा समूहलाई आग्रह गर्नुभयो।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष बुधे घले, वडा नं. ६ का वडा अध्यक्ष सुरेन्द्र कुमार मगर, शाखा प्रमुख, कर्मचारी, आमा समूहका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
गाउँपालिकाले आमा समूहलाई सामाजिक रूपान्तरण, सामाजिक सचेतना तथा स्थानीय विकासका साझेदारका रूपमा सशक्त बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।