नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी,२५ बैशाख । धादिङको नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । नगरपालिकाले स्थापना दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित बार्षिक समिक्षा समेत सम्पन्न गरेको हो । नीलकण्ठ नगरपालिकाका उप-मेयर दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले स्थानीय तह स्थापना भएसँगै सिंहदरबारका अधिकार गाउँ–टोलसम्म पुगेको बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पुराना राजनीतिक शक्ति र व्यवस्थाप्रति नकारात्मक भाष्य निर्माण भइरहेको उल्लेख गर्दै उपलब्धिको वस्तुगत मूल्यांकन गर्न आग्रह गर्नुभयो ।
उहाँले विगतको तुलनामा नीलकण्ठ नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको बताउँदै जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सहकार्यले नै नीलकण्ठ नगरपालिकालाई सफल बनाएको धारणा राख्नुभयो । नगर प्रमुखको क्षमता,अनुभवको कारणले नीलकण्ठको विकासको गती लिएको उहाँको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका कार्यवाहक मेयर दिपक विश्वकर्माले संघीयता कार्यान्वयनपछि स्थानीय सरकारले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने नीति, योजना र कार्यक्रममार्फत उल्लेखनीय परिवर्तन ल्याएको बताउनुभयो । सीमित स्रोत–साधनका बाबजुद शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि तथा सामाजिक न्यायका क्षेत्रमा नगरपालिकाले अन्य पालिकाभन्दा फरक ढंगले काम गरेको बताउनुभएको छ ।
उहाँले नीलकण्ठ नगरपालिकाले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा, विपन्न तथा दलित विद्यार्थीलाई छात्रवृत्ति, प्राविधिक शिक्षाको विस्तार तथा विद्यालयको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय लगानी गरेको जानकारी दिनुभयो । नगरपालिकाले शिक्षामा ४१ प्रतिशतभन्दा बढी बजेट विनियोजन गरेको उल्लेख गर्दै उक्त कार्यक्रम बागमती प्रदेशमै अनुकरणीय बनेको बताउनुभयो ।
कार्यवाहक मेयर विश्वकर्माले बहुप्राविधिक शिक्षालयमार्फत प्राविधिक जनशक्ति उत्पादनमा नगरपालिकाले पहल गरिरहेको भए पनि फार्मेसी तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनमा संघीय निकायबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभयो । साथै कृषि उत्पादन वृद्धि, उद्यमशीलता विकास, सडक स्तरोन्नति, खानेपानी विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले नीलकण्ठ नगरपालिकाद्वारा भए गरेका कामहरुको बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । स्थापना दिवसको अवसर पारेर आयोजना गरीएको महिला कर्मचारीहरुको म्युजिकल चियर,कर्मचारी र जनप्रतिनि बिचको महिला पुरष व्याडमिन्टर प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |