वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी,१३ वैशाख । म्यागङ गाउँपालिकामा आयोजित चौथो बागमती प्रदेश अन्तरपालिकास्तरीय म्यागङ गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास गाउँपालिकाले हात पारेको छ ।
म्यागङ–५, सामरीस्थित ऐतिहासिक जालपादेवी मन्दिरको प्राङ्गणमा सञ्चालित प्रतियोगिताको फाईनलमा उत्कृष्ट स्पाइकको प्रदर्शन गर्दै खनियाबासले सिद्धलेकलाई पराजित गरी प्रतियोगिताको मुख्य ट्रफी आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमश ३ लाख ३४ हजार ३३३ रुपैयाँ, २ लाख २३ हजार ३३३ रुपैयाँ र १ लाख १२ हजार २२२ रुपैयाँ नगदसहित तक्मा, प्रमाणपत्र र शिल्ड प्रदान गरिएको छ । सान्त्वना स्थान हासिल गर्ने पालिकालाई ५६ हजार ६६६ रुपैयाँ प्रदान गरिएको थियो ।
खेलकुदको माध्यमबाट पालिकाहरूबीचको भाइचारा र समन्वयलाई अझ प्रगाढ बनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताउनु भयो । खेलाडीहरुको मनोबल उच्च बनाउनको लागी धादिङबाट खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ,उपाध्यक्ष सेक्केमान तामाङ र सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा प्रतियोगिता स्थलमा पुग्नुभएको थियो । प्रतियोगितामा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।