नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,बैशाख १० गते ।
गंगाजमुना गाउँपालिका–७ स्थित बुढाथुम स्वास्थ्य चौकीमा यही वैशाख १३ र १४ गते बृहत् एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान सञ्चालन हुने भएको छ । जनस्वास्थ्य कार्यालय धादिङको आयोजना गंगाजमुना गाउँपालिका धादिङको सहकार्यमा अभियान संचालन हुने भएको हो ।
अभियानअन्तर्गत विभिन्न विशेषज्ञसहितका निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गरिने भएको हो ।
अभियानमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, स्त्रीरोग सम्बन्धी विशेष सेवा, पाठेघरको मुखको क्यान्सर पहिचानका लागि VIA जाँच, बालरोग विशेषज्ञ सेवा, विशेषज्ञ चिकित्सकद्धारा आँखाको परिक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिने छ ।
साथै प्रमुख नसर्ने रोगहरु पहिचानको लागि स्क्रिनिङ, दन्तरोग विषेशज्ञ सेवा, भिडियो एक्स रे तथा इ सि जि, पोषण नाङ्लो प्रदर्शनी तथा स्वास्थ्य प्रवद्र्धनसम्बन्धी परामर्श, नाक–कान–घाँटी रोगको परीक्षण जनरल सर्जरी सेवा र निःशुल्क स्थायी बन्ध्याकरणसहित परिवार नियोजन शिविर संचालन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमको प्राविधिक सहयोग काठमाडौँस्थित KMC शिक्षण अस्पताल, धादिङ अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङ र तिलंगा आँखा प्रतिष्ठान धादिङले गर्नेछन् ।
स्थानीय बासिन्दालाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिने यस अभियानबाट विशेषगरी ग्रामीण क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |