रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी, १० बैशाख । धादिङबेसीमा सम्पन्न १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले हात पारेको छ । नीलकण्ठले २० स्वर्ण ९ रजत ९ कास्य पदकसहित समग्रमा प्रथम स्थान हासिल गर्दै लगातार चौथो पटक १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा रुबीभ्याली गाउँपालिका ९ स्वर्ण २ रजत १ कास्य सहित दोस्रो र गजुरी गाउँपालिका ८ स्वर्ण ९ रजत ७ कास्य सहित तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
बैशाख ७ गतेदेखि सुरु भएको प्रतियोगिता बुधबार एक औपचारिक समारोहका बीच समापन गरिएको हो । प्रतियोगितामा ज्वालामुखी गाउँपालिकाले ५ स्वर्ण, थाक्रे गाउँपालिकाले ४ स्वर्ण, त्रिपुरासुन्दरी गाउँपालिकाले ३ स्वर्ण पदक जितेका छन् । गल्छी, सिद्धलेक र धुनिबेसीले समान १–१ स्वर्ण जित्दा नेत्रावती डबजोंग र गंगाजमुना गाउँपालिकाले पनि १–१ स्वर्ण पदक हासिल गरेका छन्। बेनिघाट रोराङ र खनियाबास गाउँपालिकाले भने कास्य पदकमात्र जितेका छन् ।
समापन तथा पुरस्कार वितरण समारोह जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नीलकण्ठ नगरपालिकामा मेयर भीम प्रसाद ढुङ्गाना तथा विशेष अतिथिका रूपमा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा र गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा जिल्लाका १३ वटै स्थानीय तहबाट छनोट भएका खेलाडी विद्यार्थीहरूको सहभागिता रहेको थियो । यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने जनाइएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |