बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी,८ वैशाख । नेपाल मानव अधिकार संगठन धादिङ शाखामा कार्यवाहक सभापतिको जिम्मेवारी कृष्ण बहादुर पौडेललाई तोकिएको छ । संगठनका सभापति कृष्णराज अधिकारीले आफ्नो कार्यव्यस्तताका कारण संगठनमा नियमित समय दिन नसक्ने जनाउँदै उपसभापति कृष्ण बहादुर पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गर्नु भएको हो ।
सभापतीद्धारा हस्ताक्षरित पत्रअनुसार यहि बैशाख ८ गते आजदेखि लागू हुनेगरी पौडेललाई उक्त जिम्मेवारी दिइएको हो । पत्रमा अधिकारीले संगठनको कामकारबाहीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र निरन्तरता दिन यो निर्णय गरिएको उल्लेख गरिएको छ ।
कार्यवाहक सभापतिका रूपमा पौडेलले मानव अधिकारकर्मी तथा नागरिक समाजसँग समन्वय गर्दै संगठनको नियमित गतिविधि अघि बढाउने अपेक्षा गरिएको छ । साथै, संगठनको उद्देश्यअनुसार मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्न पनि अनुरोध गरिएको पत्रमा उल्लेख छ । उपसभापती पौडेल बिगत लामो समयदेखि मानव अधिकार संगठनमा बसी काम गर्दे आउनुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |