वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको छ । केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै यस विषयमा तत्काल अनुगमन गरी कारबाही अघि बढाउन निर्देशन दिएको हो ।
केन्द्रले जारी गरेको परिपत्रमा केही निजी प्रकाशकहरूले कानुनको उल्लङ्घन गर्दै बढी मूल्य तोकेको, न्यून गुणस्तरको कागज प्रयोग गरेको र पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नै नलिई पाठ्यपुस्तक बिक्री गरिरहेको गुनासो प्राप्त भएको उल्लेख छ । नेपाल सरकारको नीति र कानुन विपरीत कार्य गरी बालबालिका र अभिभावकलाई अतिरिक्त आर्थिक बोझ नदिन केन्द्रले निर्देशन दिएको छ ।
त्यस्तै, पछिल्लो समय विद्यालयहरूले आफैँले वा विद्यालयभित्रैबाट पोसाक, पाठ्यपुस्तक र स्टेशनरी सामग्री बिक्री९वितरण गर्ने गरेको पाइएको भन्दै केन्द्रले यस्ता कार्य तत्काल रोक्न भनेको छ । केन्द्रले स्थानीय तहहरूसँग समेत समन्वय गरी विद्यालयहरूमा आकस्मिक अनुगमन गर्न र नियम उल्लङ्घन गर्ने प्रकाशक वा विद्यालयलाई कानुनी दायरामा ल्याई सोको जानकारी केन्द्रमा पठाउन निर्देशन दिएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।