नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ४, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
मुख्य समाचार
ताजा समाचार

डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै

नीलकण्ठ एफ.एम
  • २०८२ चैत्र २२, आईतबार
  • ६ महिना अघि
  • ६ मिनेट पढाइ
  • १४४८३ पटक पढिएको
डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै

धादिङ, चैत्र २२ गते ।
विपद् पूर्वतयारी सम्बन्धी कार्यशाला बैठक धादिङबेंसी सम्पन्न भएको छ । एक्सन नेपाल धादिङकोे आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा विपद् पूर्वतयारी सम्बन्धी कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाले गरेको विपद् व्यवस्थापन कार्य र क्रिष्टा परियोजनाको बारेमा छलफल गरिएको थियो ।

नीलकण्ठ नगरपालिकामा भएका विपद् व्यवस्थापन सम्बन्धी कानूनी व्यवस्था, संस्थागत व्यवस्था, विपद्का मुख्य घटनाहरु, उद्दार तथा राहत सामग्री विवरण, विपद् व्यवस्थापनमा समन्वय र सहकार्य विषयमा अर्जुन कुमार श्रेष्ठले प्रस्तुतिकरण गर्नुभएको थियो ।

त्यस्तै, एक्सन नेपालको तर्फबाट क्रिष्टा परियोजनाकी प्रोजेक्ट अफिसर युरिसा उपाध्यायले परियोजनाको उद्देश्य, कार्यविधि र स्थानीय स्तरमा विपद् व्यवस्थापनलाई सहज बनाउने डिजिटल प्रणालीको प्रयोगबारे जानकारी दिनुभयो।

उपाध्यायका अनुसार, ‘क्रिष्टा एप’ मार्फत सडक, विद्युत र अन्य पूर्वाधारसँग सम्बन्धित घटनाहरूको सूचना स्थानीय तहसम्म तत्काल पुग्नेछ । समुदायका सदस्यहरूले फोटोसहित घटनाहरू रिपोर्ट गरेपछि टेक्निकल अफिसरहरूले त्यसलाई भेरिफाइ गरी छिटो प्रतिकार्य, उद्धार र राहत सुनिश्चित गर्न सक्नेछन् । उक्त एप प्लेस्टोरमार्फत उपलब्ध छ र प्रयोगकर्ताले दैनिक यात्रा तथा हिँडाइका क्रममा आफ्नो वडामा घटेका घटनाहरू सजिलै रिपोर्ट गर्न सकिने उपाध्यायले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख भिम प्रसाद ढुंगानाले सूचना प्रवाहमा ढिलाइ हुँदा उद्धार कार्य प्रभावित हुने भएकाले यस्तो डिजिटल प्रणाली अत्यन्तै प्रभावकारी हुने बताउनुभयो । प्रारम्भमा नगरपालिकासहित चार पालिकामा लागू गरिएको प्रणाली सफल बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।

एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढंगानाले ‘क्रिष्टा’ नामक नयाँ प्रणाली सार्वजनिक गर्दै यसले समुदायमा घटिरहेका विपद्का घटनालाई स्थानीय तहको ड्यासबोर्डमा तत्काल पु¥याउने र उद्धार तथा प्रतिकार्य छिटो र प्रभावकारी बनाउन सहयोग गर्ने बताउनुभयो। हाल नीलकण्ठ, बेनीघाट, गजुरी र सिद्धलेक पालिकामा लागू गरिएको प्रणाली आगामी दिनमा धादिङ जिल्लाभर विस्तार गर्ने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो।

एक्सन नेपालले विगत २५ वर्षदेखि जीविकोपार्जन, पोषण, खानेपानी, सरसफाइ र स्वच्छता, विपद् व्यवस्थापन, निर्माण तथा प्रविधि विकास र सुशासनजस्ता पाँच प्रमुख क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस परियोजनाले, स्थानीय जनप्रतिनिधि र समुदायबीच सहकार्य मजबुत पार्दै धादिङसहित अन्य जिल्लामा पनि विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ।

नगर प्रमुख तथा नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक भिम प्रसाद ढुंगानाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेंल, नगर प्रहरी, नगर कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडा अध्यक्षहरू, प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्र लगायत नेपाली सेना भैरव गण, प्रहरी कार्यालय धादिङ, पूर्वाधार विकास कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

May be an image of ‎dais and ‎text that says "‎"विपद् पूर्वतयारी कार्यशाला बैठक" नीलकण्ठ नगरपालिकासंगको समन्यमा आयोजित २२ चैत्र, २०८२ धादिड क्रिक रिसोर्ट, नीलकण्ठ नगरपालिका. धादिड 6る आयोजक ACTION ACTIONNEPAL ى NEPAL (RISTA RISYA VATION RESEARCH CENTER AIT Asian AIT abInsoeofTechtolng Insticuteo echnolegy‎"‎‎

May be an image of one or more people, people studying and text that says "7 RUBY"

May be an image of dais and text that says ""विपद् पूर्वतयारी कार्यशाला बैठक" जीलकण्ड नगरपालिकार्सगको शीतकातकापात्िवसेश्हेवसवसमाअ्ामिता समन्बायमा आयोजित २२चैत्र २०८૨ धारदिड क्रिक रिसोर्ट, नीलकण्ठ नगरपालिका, धादिक आयोजक ACTIONN ACTIONNIVAL (RISIA VATION ® AIT oek oek"

May be an image of one or more people, people studying and text

May be an image of one or more people and people studying

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

३ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

३ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

३ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

५ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

५ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

६ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0