वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी । आमाको माया छात्रावासको दोस्रो वार्षिकोत्सव तथा परिवार मिलन कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । छात्रावासका अध्यक्ष डा. नवीन बन्धु पहाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा धादिङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रदेशसभा सदस्य गोविन्द लम्साल, नीलकण्ठ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, वडा नं. ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बोध नारायण श्रेष्ठले छात्रावासले गरिरहेको कार्यलाई “असाध्यै महान् र मानवीय सेवाको उदाहरण” भन्दै प्रशंसा गर्नुभयो । उहाँले राज्यको दायित्वभित्र पर्ने बालबालिकाको संरक्षण आज पनि चन्दा र सहयोगका भरमा चलिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “जसको कोही छैन, उसको राज्य हुनुपर्छ,” भन्दै उहाँले बालबालिकाको अधिकार सुनिश्चित गर्न राज्य अझ जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । आफ्नो बालबालिका र महिलाको क्षेत्रमा लामो अनुभव रहेको उल्लेख गर्दै संसदमा बालबालिकाका सवालहरू सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्य गोविन्द लम्सालले संविधानले सुनिश्चित गरेका अधिकारहरू व्यवहारमा कार्यान्वयन हुनु आवश्यक रहेको बताउँदै छात्रावासले समावेशी र मानवीय मूल्यको अभ्यास गरिरहेको उल्लेख गर्नुभयो । उहाँले छात्रावासको उन्नतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी, नीलकण्ठ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले यस्ता सामाजिक कार्यहरू राज्यको प्राथमिकतामा पर्न नसकेको अवस्थामा नागरिकस्तरबाट भएको प्रयास प्रशंसनीय भएको बताउनुभयो । उहाँले भौतिक पूर्वाधारसँगै मानवीय विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै छात्रावासजस्ता संस्थाहरू समाज रूपान्तरणका महत्वपूर्ण आधार भएको धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै छात्रावासका अध्यक्ष डा. नवीन बन्धु पहाडीले छात्रावास समाजकै साझा प्रयासबाट सञ्चालन भइरहेको स्पष्ट पार्नुभयो। “छात्रावासको प्रत्येक इँटा, प्रत्येक संरचनामा समाजकै योगदान छ,” भन्दै उहाँले नगदभन्दा वस्तुगत सहयोगमार्फत पारदर्शिता कायम गरिएको बताउनुभयो । विभिन्न दाताहरू, स्वयंसेवक तथा शुभेच्छुकहरूको सहयोगले छात्रावास सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले सबैलाई निरन्तर साथ र सहयोगका लागि आग्रह गर्नुभयो ।
हाल छात्रावासमा मुगु, हुम्लालगायत विभिन्न दुर्गम क्षेत्रका तथा सडकबाट उद्धार गरिएका बालबालिकाहरू बसोबास गर्दै आएका छन् । उनीहरूलाई शिक्षा, आवास, स्वास्थ्य र नैतिक शिक्षासहित आत्मनिर्भर बनाउने उद्देश्यका साथ गतिविधिहरू सञ्चालन हुँदै आएका छन् । साथै छात्रावासले अक्षयकोष स्थापना गरी दीर्घकालीन व्यवस्थापनको पहल पनि अघि बढाएको जनाएको छ । कार्यक्रममा छात्रावासका बालबालिकाहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।