ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
धादिङबेशी । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संविधानले व्यवस्था गरेका अधिकारको रक्षा गर्दै संघ र प्रदेश सरकारसँग सहकार्य र समन्वयमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षहरूको संयुक्त बैठकले नेपालको संविधान २०७२ को धारा २३२ (१) अनुसार तिन तहका सरकारबीचको समबन्धलाई सुदृढ बनाउनँदै संवैधानिक व्यवस्था कार्यन्वयनमा पूर्ण प्रतिबद्धता व्यक्त गरेको हो।
बैठकले संविधानको अनुसूची ८ मा व्यवस्था गरिएको स्थानीय तहको एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्न पाउने सुनिश्चितताका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। साथै, हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूलाई बधाई दिँदै स्थिर सरकार, भ्रष्टाचार अन्त्य र सुशासनसहितको विकसित नेपालको निर्माणका लागि नयाँ बन्ने संघीय सरकारसँग सहकार्य गर्न स्थानीय तहहरू तयार रहेको जनाइएको छ।
संयुक्त विज्ञप्तिमा संघ तथा प्रदेश सरकारद्वारा सञ्चालन हुने विकास निर्माण, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण, मितव्ययी खर्च व्यवस्थापन तथा योजनाबद्ध विकासका अभियानहरूमा समन्वय गर्न सधैं तयार रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै, नवनिर्वाचित माननीयज्युहरुका नामबाट संविधान तथा कानूनविपरीत जारी भएका निर्देशनहरू तथा जिल्ला प्रशासन कार्यालयबाट पठाइएको पत्रप्रति असन्तुष्टि जनाउँदै बैठकले त्यसलाई स्थानीय तहको संवैधानिक अधिकार कुण्ठित गर्ने प्रयासका रूपमा लिएको जनाएको छ। यस्ता हस्तक्षेपप्रति कडा प्रतिवाद गर्ने निर्णय पनि बैठकले गरेको छ ।
संघीयताको मर्मअनुसार तीनै तहका सरकारबीच पारस्परिक सम्मान, विश्वास र सहकार्यलाई सुदृढ बनाउन संघ तथा प्रदेश सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै धादिङका स्थानीय तहहरूले सबै सरोकारवालालाई सहकार्य, समन्वय र सहअस्तित्वलाई अझ मजबुत बनाउँदै अघि बढ्न अपिल गरेका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |