धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०२ चैत्र ।
Gen–Z आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक बन्दीलाई धादिङबाट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंस्थित कारागार कार्यालय जगन्नाथदेवालबाट फरार भएका धादिङ गजुरी गाउँपालिका–१ का २२ वर्षीय जगतबहादुर बुढाथोकीलाई पक्राउ गरिएको हो। उनलाई धादिङको सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरिरहेका बुढाथोकी Gen–Z आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। पक्राउ परेका उनलाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार कार्यालय जगन्नाथदेवाल, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार Gen–Z आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी तथा थुनुवामध्ये हालसम्म १५० जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइसकिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |