बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी २९ फागुन । नेपाली कांग्रेसका युवा नेता नवराज तिमिल्सीनाले निर्वाचनको परिणामलाई मात्र आधार बनाएर पार्टी सभापति गगन थापाले राजीनामा दिनु उपयुक्त नहुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत आज बिहान आफ्नो धारणा सार्वजनिक गर्दै तिमिल्सीनाले नेपाली कांग्रेसको आन्तरिक जीवनमा देखिएको जटिल अवस्थाका कारण विशेष परिस्थितिमा मात्रै नेतृत्व परिवर्तनको कुरा उठ्न सक्ने भए पनि सामान्य निर्वाचन परिणामकै आधारमा सभापतिले पद छोड्नु उचित नहुने बताएका हुन्।
उनले लोकतान्त्रिक व्यवस्थामा हार र जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै एक निर्वाचनको परिणामलाई मात्र आधार बनाएर नेतृत्व परिवर्तनको बहस चलाउनु उचित नहुने बताएका छन्। तिमिल्सीनाले वर्तमान अवस्थाका लागि कुनै एक व्यक्तिलाई मात्र दोष दिनु पनि सही नहुने बताए।
उनका अनुसार अहिले देखिएको अवस्था कुनै एक नेताको कारणले मात्रै सिर्जना भएको नभई विगतदेखि हुँदै आएको नेतृत्वको निर्णय र राजनीतिक अभ्यासको परिणाम हो। पार्टी कुनै कम्पनी जस्तो एक व्यक्तिले मात्र सञ्चालन गर्ने संरचना नभएको उल्लेख गर्दै उनले सामूहिक जिम्मेवारी र सहकार्यको आवश्यकता औँल्याएका छन्।
तिमिल्सीनाले पार्टीलाई विभाजित गर्नेभन्दा पनि आगामी महाधिवेशनलाई केन्द्रमा राखेर संगठन सुदृढ गर्ने, कार्यकर्तामा नयाँ उत्साह ल्याउने र जनतासँगको सम्बन्ध अझ मजबुत बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन्।
उनले कठिन परिस्थितिमा नेतृत्वबाट पछि हट्नु भन्दा चुनौती सामना गर्दै पार्टीलाई नयाँ दिशा दिन सक्नु नै सच्चा नेतृत्वको पहिचान हुने पनि उल्लेख गरेका छन्।
अन्त्यमा उनले पार्टीभित्र एकता, समीक्षा र सुधारमार्फत आगामी दिनमा कांग्रेसलाई अझ बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |